पाँचौ राष्ट्रिय खेलकुद रोकिएपछि फेरिएको तारादेवीको पहिचान | Khabarhub Khabarhub

पाँचौ राष्ट्रिय खेलकुद रोकिएपछि फेरिएको तारादेवीको पहिचान



काठमाडौं – तमाम कथा र व्यथाबाट माथि उठेकि हुन्, नेपाली खेलकुदकी आइकन तथा नेपालकै स्ट्रङ्गेस्ट महिला खेलाडी तारादेवी पुन ।

झण्डै २ दशक कुनै एक खेलमा आफूलाई सर्वोच्च स्थानमा राख्न कति कठिन हुन्छ ? त्यो भन्दा कठिन थियो यो अवस्थासम्म आइपुग्न र अहिलेको सर्वोच्ता खडा गर्न ।

एउटा सामान्य घरकी छोरी जसले जन्मदै पारिवारिक गरिबी भोग्यो । जो आफै आफ्नो बाल्यकाल विताउने घरको जग बनाउन टुङ्गा माटो र काठ बोकेर अगाडि बढिन् । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ मा रहँदा आफ्नो जीवनको सबैभन्दा कठिन र आनन्दीत समय विताएको महशुस हुन्छ तारदेवीलाई ।

कठिन यो मानेमा कि उनका बुबासँग छोरोछोरी राख्ने घरसम्म थिएन् । पछि घर बनाउन सबै मिलेर काम थाले । घर पनि बनाए । त्यसमा तारादेवीले पनि माटो बोक्ने देखि ढुङ्गा, काठसम्म बोकिन् ।

आनन्द यो मानेमा उनका गाउँका बालशाख साथिहरु थिए । स्कुल जान्थे । रमाइलो गर्थे दाजुभाई सबै सँगै हुँदाका रमाइला याद पनि उनीसँग अहिलेसम्म छन् । तारादेवीका बुबाका पाँच सन्तान मध्येकि चौथो अर्थात् साइली हुन, उनी ।

०००

नेपाली भारत्तोलन टोलीमा महिला तर्फ ७६ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी तारावेदी अहिले काठमाडौं र पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा व्यस्त छिन् । १२ संस्करणमा कास्य जितेकी उनी यो संस्करणमा स्वर्णको दाबेदार हुन् ।

तारादेवी जति बलियो देखिन्छन् त्यो भन्दा भद्र स्वभाव छ उनको । भन्छिन् ‘अहिलेसम्म कसैसँग झगडा परेको यादसम्म छैन्’ तारादेवीले त्यसो भनिरहँदा उनका छिमेकका महिला उनलाई छिमेकी पाएकोमा दंग पर्छन् । तारादेवि हाँस्दै भन्छिन्,‘मेरो टोलीका दिदीहरु भने मलाई यो भएपछि हामीलाई केको डर भनेर सोच्नु हुँदोरहेछ …।’

उनीहरु खुसी पनि किन नहुन् । किनकी उनले पछिल्लो डेढ दशक नेपालको ‘स्ट्रङ्गेस्ट’ खेलाडीको अर्वाड जो हात पार्दै आएकी छन् । ३८ बर्षीय तारादेवीका लागि सबैभन्दा खाउँखाउँ लाउलाउ गर्दाको उमेरदेखि अहिलेसम्मको समय भारत्तोलनको भार उचाल्दै गयो ।

यतिसम्मकी अहिलेसम्म आइपुग्दा आफ्नो घरजमबारे पनि सोच्न पाइनन् । भन्छिन्,‘म मेरो उमेरको २० बर्षदेखि भारत्तोलनमै लागे । त्यसपछि सधै मलाई खेल र स्वर्ण जित्ने रहरले उत्साहित बनाइ रह्यो । तर, विवाह घरजमबारे सोच्नै पाइन जस्तो लाग्छ ।’

नेपालकै ‘शक्तिशाली’ बस्ने टोलमा बस्ने भएपछि अन्य महिलाहरुले सुरक्षीत महसुस गर्ने गरेको ताराले पनि सुनेकि छिन् । तर, उनलाई भने आफू बलियो जस्तो कहिलै लागेन । आफ्नो कामलाई जति माया गरेर लागिरहेकि हुन्छिन् त्यति नै उनी सबैसामू मायावी भावनाले नजिकिििन्छन् ।

०००

यतिबेला तारादेवी एक अर्को ठूलो परीक्षाको तयारीमा छिन् । उनका लागि काठमाडौं र पोखरामा हुने साग अन्तर्राष्ट्रिय खेलमा सायद अन्तिम अन्तर्राष्ट्रिय मेला पनि बन्न सक्छ । तर, उनी आफु भने तत्काल कुनै पनि हालतमा भारत्तोलनबाट टाँढिने लक्ष्यमा देखिन्न् । मनले भन्दा पनि अब उनलाई समय र उमेरले धोका दिँदैछ । ‘म तत्कालै त भारत्तोलनबाट टाढिइ हाल्दिन । तर, अबको केही बर्ष सायद, यही बर्ष वा अर्को बर्ष वा त्यसपछि … हाँस्दै,’ तारादेवीले भनिन् ।

७६ किलोग्राम तौल समूह की किर्तीमानधारी खेलाडी तारादेवीले लगातार ५ वटा वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता खेलिसकेकि छन् । ५ पटक भारत्तोलनबाट राष्ट्रिय खेलमा सहभागीता जनाएकी उनले सधै आफुलाई बलियो महिलाका रुपमा उभ्याइ राखिन् । ‘मैले ५ वटा राष्ट्रिय खेलकुद प्रतियोगिता खेलिसकेकी छु । त्यसमा सबैमा स्वर्ण पदक जित्दा निकै खुसी महसुस गर्छु ।’

चौथो राष्ट्रिय खेलकुद देखि लगातार ८ आठौं राष्ट्रियसम्म स्वर्ण जितेकि उनलाई कसैले तत्कालै पछि पारि हाल्ने अवस्था भने छैन । भन्छिन्,‘चौथो राष्ट्रिय खेलकुद देखि ८ औं सम्म स्वर्ण जित्ने म एक्ली खेलाडी हुँदा सायद ।’ उनले २०६७ मा भएको साउथ एसियन च्याम्पियनसिपमा ३ स्वर्णसमेत जितेकि छन् ।

सागको अभ्यासमा जुटिरहेकि तारादेवीका लागि स्वास्थ्य मुख्य चुनौति बनिरहेको उनको अनुभव छ । हुनत, अब शरीरले पनि कति धानोस् २० बर्षको उमेरदेखि तौल उचाल्न थालेकि तारादेवीको शरीर पनि थाकिसकेको छ । तर, उनले स्वास्थ्यलाई नै चुनौति दिने गरि अभ्यासमा लगातार लागिरहेकि छिन् । भारत्तोलनमा प्रतिस्पर्धाीको भन्दा स्वास्थ्यसँगको खेलमा तलमाथि भइरहेको उनी बताउँछिन् ।

‘स्वास्थ्य तलमाथि भइरकेको छ । कहिले स्वास्थ्यले जित्छ र मलाई सुताइ दिन्छ त कहिले म उसलाई जित्छु र अभ्यासमा फर्किन्छु,’ तारादेवीले भनिन्,‘अहिले विस्तारै स्वास्थ्यमा सुधार आइरहेको छ ।’

आठौं राष्ट्रिय खेलकुद अगाडि भारत्तोलनका लागि ४० दिनको क्याम्प बोलाइएको थियो । त्यतिनै बेला तौल उचाल्ने क्रममा उनको चस्किएको शरीर अहिलेसम्म पनि बेला–बेला चस्किरहेको उनी भन्छिन् ।

सागमा स्वर्ण जित्ने लक्ष्य बनाइरहेकि उनी अहिले पनि फिट हुन नसकेको बताउाछीन् । तर, अहिले उनको अनुभवले भन्छ ,‘उमेर जति जति उकालो लाग्यो स्वास्थ्य त्यति नै ओरालो लाग्छ ।’

०००

चौथो राष्ट्रिय खेलकुद खेल्दा तारालाई अहिलेको जस्तो दबदबा थिएन । त्यो पनि उनले भारत्तोलन भन्ने नाम सुनेकि पनि थिइनन् चौथो राष्ट्रियमा भलिबलबाट राष्ट्रिय खेल खेलेकि उनलाई पछि पाँचौ राष्ट्रियका लागि भलिबलले काठमाडौं बोलायो ।

तारादेवी उत्साहका साथ पाँचौ खेलकुद खेल्न काठमाडौं आएको उनलाई अहिलेपनि याद छ । तर, धेरै पुरानो सम्झना भएकाले पनि अहिले उनलाई भलिबल खेल्दाको सम्झना भने छैन् ।

‘मेहनतले नै यहाँसम्म पुर्याएको हो । चौथो राष्ट्रियमा भलिबल खेलेकि हुँ । त्यसपछि भारत्तोलनमा लागें ’ उने भनिन् ।

त्यहीँ बेला देशले निकै ठूलो नरसंहार व्यहोर्नु पर्यो । २०५८ साल जेठ २० गतेदेखि पाँचौं राष्ट्रिय खेलकुद शुरु हुने तालिका थियो । १९ गते मध्ये रातमा दरबारमा नरसंहार भएपछि देश शोकमा डुब्यो । राष्ट्रिय खेलपनि रोकियो ।

तर, ताराको खेल प्रतिको मोह उत्तिकै थियो । त्यहीँ बेला उनी भलिबलको अभ्यास पनि गरि रहेकि थिइन् । त्यति नै उनको भेट भयो, तेक्वान्दोकि ओलम्पियन खेलाडी प्रमिला थापासँग । उनले तारादेवीलाई भारत्तोलनमा खेल्न सुझाइन् । ताकतवर भएको भन्दै भारत्तोलनमा लाग्न उनले सुझाएकि थिइन् । पाँचौ खेलकुद रोकिएपछि आफ्नो पहिचान नै फेरिएको अहिले तारादेवीलाई महसुस हुन्छ ।

जोशीलो उमेर र शारिरको तातो रगतले उनलाई खेलबाट टाँढिइन भन्दा अर्को खेल त्यो पनि भारी बोक्ने खेल भारत्तोलनमा लाग्न तयार भइन् । तत्कालिन खेलाडी थापाले उनलाई भारत्तोलनका प्रशिक्षकलाई भेट्न भनिन् ।

तर, तारादेवीका लागि भारत्तोलन सहज नभएको प्रशिक्षकहरुको बुझाइ थियो । रत, शुरुमा उनलाई प्रशिक्षकले आउँदिनन् भन्ने सोेचेका थिए । तर, तारादेवी पछि हटिनन् ।

‘प्रमिला दिदीले मलाई सुनिल गुरुलाई भेट्न भन्नु भयो । मैले उहाँलाई ४–५ दिन पछि मात्रै भेट्न पाए । उहाँले मलाई राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पार्थ सार्थी शेन गुप्ता गुरुलाई भेट्न जा भन्नु भयो,’ तारादेवीले आफ्ना शुरुवाती दिन सम्झदै भनिन्,‘त्यतिबेला गुरुहरुले खेल्दैन होला भन्ने सोच्नु भएको थियो । यहाँ कोही पनि महिला खेलाडी भारत्तोलनमा थिएनन् । त भारत्तोलन खेल्छस् भन्नु भयो । मैले खेल्छु भने ।’

तर, तारालाई भारत्तोलन कसरी खेल्ने भन्ने नै थाहा थिएन । पछि सिक्दै गइन् । ‘पहिला दिनको अभ्यासले झण्डै थला परेकि थिए,’ तारा भन्छिन्,‘पहिला दिन नै मलाई हेभि वेटको अभ्यास गराउनु भएछ । त्यतिबेला त ताकतले उचालि हाले भोलि पल्ट त उठ्नै सकिएन् ।‘पहिला दिन नै मलाई हेभि वेटको अभ्यास गराउनु भएछ । त्यतिबेला त ताकतले उचालि हाले भोलि पल्ट त उठ्नै सकिएन् । त्यसैले २०५८ पौस २६ गते कहिलै बिर्सन सक्दैन् ।’

ताराले सधै आफुलाई अब्बल राखिन् । त्यसमा कुनै शंका छैन त्यति नै उनलाई घर परिवारको साथ पनि छ । तर, उनकी आमालाई भने छोरीले भारत्तोलन छाड्ने दिनको पर्खाइमा छन् ।

उनले आमा एक पटक खेल हेर्न ल्याएकि थिइन् । त्यहिँबेला तारादेवीले उचालेको तौल उनको ज्यानमाथि खसेर चोट लाग्यो । त्यो देखेर उनकी आमाले भारी उचाल्ने खेल रहेछ । कुन बेला के हुन्छ भनेर चिन्ता लिन्छन् ।

अभिभावकका लागि सन्तान हुर्की सकेपछि उसको गृह बनोस् भन्ने चहनु स्वभाविक हो । ताराकी आमाले पनि छोरीको घरबार भएको हेर्न चाहेकी छिन् ।

तारालाई आमालदे सधै खेल खेल्दा सजग रहन सुझाउँछिन् ।

सकेसम्म खेल छिट्टै छाड्न उनले सुझाव पनि दिइरन्छिन् । ‘अरुका आमा बा ले आफ्ना छोरा छोरीको खेल राम्रो होस् भनेर प्रार्थना गर्छन् । तर, मेरी आमाले मन्दिर गएर छोरीले छिटो खेल छाडोस् भनेर प्रार्थना गर्नुहुन्छ,’ ताराले भनिन्,‘आमाको साथ विना खेल्दा दुःख लाग्छ ।’

०००

तारादेवीको घर म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिको वडा नम्बर ७ मा पर्छ । जहाँ उनका जेठा दाजुसहित आमा पनि बस्नुहुन्छ । काठमाडौंले ४ जी नेटबर्क चलाइरहँदा उनको घर भएको ठाउँमा भने कुनै पनि नेटबर्कले काम गर्दैन् ।

तारा काठमाडौंमै बस्छिन् । उनले चाहेर पनि आमासँग कुरा गर्न पाउँदिनन् । घरबाट केही समय उकालि हिँडेर डाँडामा पुगेपछि मात्रै नेटबर्कले काम गर्छ ।

वैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं सागमा ताराले स्वर्ण जितिन् । आफुलाई आफ्नो तौल समूहमा अब्बल सावित गरिन् । तर, त्यो खुसीको क्षण उनले आमासँग साट्नै पाइनन् ।

‘मैले राष्ट्रियमा राम्रो गरे । आमालाई फोन गर्छु भन्यो फोन लागेन । आमैले ५ दिन पछिमात्रै फोन गर्नु भयो,’ ताराले भनिन्,‘आमा मैले राम्रो गरे भनेको । हो, मैले रेडियोबाट अस्ति नै थाहा पाएको भन्नु भयो । उहाँ रेडियो नछुटाइ सुन्नुहुन्छ ।’

उनको घरमा अहिलेको प्रविधि पनि पुगिसकेको छैन् । अहिले पनि ताराको बारेमा आमाले रेडियो सुनेर थापा पाउँछन् ।

तारा चौथोदेखि अहिलेसम्म शीर्ष स्थानमा रहँदै आएकी छिन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १ : ५४ बजे

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट