परराष्ट्र नीतिमा फाटो आउने सैन्य गतिविधिमा नेपाल संलग्न हुँदैन् : मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

परराष्ट्र नीतिमा फाटो आउने सैन्य गतिविधिमा नेपाल संलग्न हुँदैन् : मन्त्री ज्ञवाली


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् ।

पराष्ट्रमन्त्री ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि स्पष्ट पारे ।

आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ डाईलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा दायाँबायाँ हुन नदिने दृढता व्यक्त गरे ।

मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्यूमा बहस गरेपनि उनीहरुसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपाल– चीन ‘क्रस बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको पनि बताए । दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न पनि सरकारले बोर्डर एरियामा सो जोनको विकास गरेर आर्थिक गतिविधिलाई बढाउन चाहेको पनि मन्त्री ज्ञवालीको भनाई छ ।

मन्त्री ज्ञवालीले सरकारले बाह्य लगानी भित्र्याएर पनि मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको पनि बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १ : २८ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार