भारतीय फिल्म कलेजसँग ओस्कारको सहकार्य | Khabarhub Khabarhub

भारतीय फिल्म कलेजसँग ओस्कारको सहकार्य


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र र अभिनय अध्यापन गराउँदै आएको राजधानीको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठनपाठनमा सहकार्य गर्ने भएको छ । सत्यजीत रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र नेसनल स्कुल अफ ड्रामाका डिन तथा पदाधिकारीलाई केही दिनअघि भेटेर यस्तो सम्झौता गरेको हो ।

ओस्कार कलेजका तर्फबाट एकेडेमिक निर्देशक मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नव विजय श्रेष्ठ र साउन्ड फ्याकल्टीका आलोक तिवारीले ती पदाधिकारीलाई भेटेका थिए । मनोज बाबु पन्तका अनुसार भ्रमणमा महत्त्वपूर्ण सम्झौता भएको छ ।

‘हाम्रो एकेडेमिक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान प्रदान गर्नेसम्म पनि सम्झौता भएको छ, सिनेमा पढाउने सवालमा उनीहरुको इतिहास लामो छ, त्यसैले पनि यो सम्झौताले दीर्घकालीन फाइदा हुने अपेक्षा राखेका छौं,’ पन्तले भने ।

सो भ्रमणमा आगामी दिनमा कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि उनीहरुले श्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीहरुले तयार पारेका फिल्म पनि एक अर्काको देशमा देखाइने सम्झौता भएको पन्तको भनाइ छ ।

यस्तै एकेडेमिक को–अर्डिनेटर नव विजय श्रेष्ठले आगामी दिनमा निर्देशन, स्क्रिृप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकनमा विधामा शिक्षक साटासाट गर्ने सम्झौता भएको बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : १४ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा