चार केजी चरेससहित चार जना पक्राउ | Khabarhub Khabarhub

चार केजी चरेससहित चार जना पक्राउ


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार केजी ९०० ग्राम अवैध चरेस सहित तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मजफ्फरपुर दादर बस्ने २८ वर्षीय शिवराज सिंह, सोही ठेगानाका २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपरा बस्ने २४ वर्षीय राजु महतो रहेको बिहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–४ स्थित कालिका दोभानबाट अवैध गाँजा १२ केजी ४०० ग्राम लिएर हिँडेको अवस्थामा कैलाश गाउँपालिका– बस्ने २६ वर्षीय राजकुमार थिङ र सोही ठेगानाका २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको छ । निजहरुलाई कानूनी कारवाहीका लागि अदालतमा पेस गर्ने जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : २२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न