हाइकिङ जाने सोचमा हुनुहुन्छ, यी बन्न सक्छन् उपयुक्त गन्तव्य | Khabarhub Khabarhub

हाइकिङ जाने सोचमा हुनुहुन्छ, यी बन्न सक्छन् उपयुक्त गन्तव्य


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सहरी क्षेत्रका युवायुवती शहरभन्दा केही परको क्षेत्र घुम्न जाँने प्रचलन बढेको छ ।

विदा वा फुर्सदको समयमा हाइकिङ जाने संस्कृतिमा विकास भएको हो ।

शहरको धुँवा, धुलो र ट्राफिक जामबाट दिक्क भइरहँदा शरीर र मतिस्क दुवैलाइ रिफ्रेस बनाउनकै लागि पनि धेरैजसो युवाहरु हाइकिङ जाने गर्छन् ।

शनिवारको दिन भरपुर मनोरञ्जन लिने सोचमा हुनुहुन्छ भने यी हुन सक्छन् तपाइका आकर्षक हाइकिङ स्थानहरु:

चन्द्रगिरी 

चन्द्रगिरी हिल्स पछिल्लो समय निकै चर्चित बनेको छ । समुन्द्री सतहबाट २५ सय ५१ उचाइमा रहेको चन्द्रगिरी भौतिक सुविधिासम्पन्न पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । चन्द्रगिरी भालेश्वरको मन्दिर पनि रहेकाले दर्शनका लागि जानेहरुको भीड पनि उत्तिकै हुन्छ ।

चन्द्रगिरी हिल्स्मा रहेको भ्यू टावरबाट काठमाडौं उपत्यका, कञ्चनजंघा, मनास्लु, मकालु सगरमाथा लगायतका हिमालको दृश्य देख्न सकिन्छ ।
हाइकिङ जानका लागि चन्द्रगिरीको छुट्टै रुट पनि रहेको छ । कीर्तिपुरबाट जाँदा मच्छेगाउँबाट यात्रा सुरु गरेर छापडाँडा हुँदै चन्द्रगिरी पुग्न सकिन्छ ।

चम्पादेवी

एक दिनको हाइकिङका लागि उपत्यकावासीको अर्को रोजाइ चम्पादेवी हो । हिमाली तथा पहाडी श्रृंखलाको अवलोकनसहित छोटो अवधिमै काठमाडौंको धुवाधुलो डोडेर स्वस्च्छ वातावरण भएको ठाउँमा पुगिन्छ ।

समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा रहेको यस चुचुरोको यात्रा भने फर्पिङ आइपुगेपछि समाप्त हुन्छ । हिमालय श्रृंखलाको अवलोकन तथा हरियाली जंगल यो रुटको प्रमुख विशेषता हुन् ।

फूलचोकी 

फुलचोकी ललितपुर जिल्लामा पर्छ । काठमाडौंबाट यात्रा गर्नका लागि पनि बाटो राम्रो हुने हुँदा यस क्षेत्रमा हाइकिङ जानेको संख्या बढिरहेको छ ।

काठमाडौं उपत्यकालाइ घेरेर राखेका पहाडहरुमध्ये सबैभन्दा अग्लो चुचुरो हो, फुलचोकी । समुन्द्री सतहबाट २ हजार ७ सय ५० मिटर अग्लो स्थानमा रहेको यो डाँडामा पनि प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । फुलचोकीको यात्रा गोधावरीबाट सुरु गर्न सकिन्छ ।

ककनी

काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी नुवाकोट जिल्लामा अवस्थित छ । ककनी पिकनिक स्पोर्टका रुपमा चिनिन्छ तर पछिल्ला समय हाइकिङका लागि ककनी युवाहरुको रोजाइमा पर्न सफल भएको छ ।

शिवपुरी

शिवपुरी डाँडा काठमाडौंको नागार्जुन नगरपलिका अन्तर्गत पर्छ । समुन्द्री सतहबाट २७ सय ३२ मिटर उचाइमा रहेको यो डाँडा उपत्यकाको दोस्रो अग्लो चुचुरो पनि हो ।
यस डाँडामा हाइकिङ जानेहरुले अन्य सुविधा पनि लिन पाउनेछन् । जसमध्ये सेतो गुम्बा, बुढानीलकण्ठ एकैदिनमा घुमेर फर्किन सक्नेछन् ।

सुन्दरीजल

सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुप्मा पनि मानिन्छ । पिकनिक र घुम्नका लागि चर्चित ठाउँ पनि हो सुन्दरीजल । सुुमुन्द्री सतहबाट १ हजार २ सय ८० मिटरको उचाइमा रहेको छ सुन्दरीजल ।

वनले भरिभराउ यो क्षेत्रमा झरना हेर्न र पानीमा खेल्न पाइन्छ । सुन्दरीजलबाट मुलखर्क हुँदै ओखेनी जाने चाँगुनारायणबाट सुन्दरीजल आउने चल्तीको हाइकिङ रुट पनि रहेको छ ।

लाकुरीभञ्जाङ

ललितपुर जिल्लामा रहेको लाकुरीभञ्जाङबाट उपत्यकाका ३ वटै जिल्लाका मनोमहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । सुमन्द्री सतहबाट १ हजार ९ सय ७७ उचाइमा रहेको लाकुरीभञ्जाङ चारैतिर वनले घेरिएको छ ।

लाकुरीभञ्जाङ जानका लागि सडकको अवस्था नाजुक भएपनि हाइकिङ जानजेहरुले भने रमाइलो गर्न सक्नेछन् । यो क्षेत्र पिकनिकका लागि पनि चर्चित क्षेत्र हो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ०७ बजे

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी