संगठन मजबुद बनाउन राजनीतिक दलको सोच्ने दायरा बढ्नुपर्छ | Khabarhub Khabarhub

संगठन मजबुद बनाउन राजनीतिक दलको सोच्ने दायरा बढ्नुपर्छ



अमेरिकाको प्रकृतिक रुपले सदाबहार राज्य (ईभरग्रीन स्टेट) को उपमा पाएको र जताततै अत्यन्त हरियाली भएको वासिङ्गटन राज्यको सियाटल र रेडमण्ड शहर घुम्ने अवसर मिल्यो ।

अहिले ल्यापटप, आईप्याड र डेस्कटप तीनै प्रकारले काम गर्न सकिने सरफेस र सरफेस प्रो नामको हार्डवेयर पनि बनाउँदै गरेको तथा विश्वका बिभिन्न देशहरुका लगभग १ लाख २५ हजारभन्दा बढी मानिसहरुले काम गर्ने माईक्रोसफ्ट कम्पनीले कम्प्युटरको सफ्टवेयर निर्माणको दुनियामा बिगत २० बर्षदेखि विश्वभरी नेतृत्व गर्‍यो र अहिले पनि गरिरहेको छ ।

भविष्यमा कम्प्युटरको क्षेत्रमा हुने प्रतिस्पर्धा खरोरुपमा उत्रनको लागि यस कम्पनीले अध्ययन र अनुसन्धानमा अरबौं अमेरिकी डलर खर्च गरिरहेको सुन्दा अचम्म लाग्छ ।

विश्वभरीका् लागि बिभिन्न प्रकारका हवाईजहाज निर्माण गर्दै आएको बोईङ्ग कम्पनी पनि यसै शहरमा रहेछ । आयतनको आधारमा विश्वको सबैभन्दा ठुलो घरमा बोईङ्ग कम्पनीले हवाईजहाज निर्माण गर्दो रहेछ ।

सानोदेखि ठुलो सम्मको हवाईजहाज निर्माण गर्ने बोईङ्ग कम्पनीमा ८५ हजारभन्दा बढी मानिसहरुले काम गर्ने रहेछन् । बोईङ्ग कम्पनीले उत्पादन गरेको हवाईजहाज आज विश्वभरी उडिरहेको छ ।

एक जना व्यक्तिको सपना, सोंच, महत्वाकांक्षा, संकल्प, अठोट लगनशीलताले अरबौं र खरबौं रुपैयाको कारोवार गर्ने, हजारौ र लाखौं मानिसहरुलाई आकर्षक रोजगार दिने र विश्वभरीको युवा युवतीको सपना बन्न सक्ने साथै विश्वलाई नै नयाँ प्रविधि, सीप र पथ दिन सक्ने कम्पनीहरु स्थापना हुन सक्ने रहेछ ।

यस कम्पनीले पनि भविष्यमा हवाई क्षेत्रमा हुने प्रतिस्पर्धामा अब्बल हुनको लागि रिसर्चमा अरबौं अमेरिकी डलर खर्च गर्ने रहेछ ।

बिल गेटसको परिकल्पनाले जन्माएको माईक्रोसफ्ट र बिलियम बोईङ्गको परिकल्पनाले स्थापित गरेको बोईङ्गको आज संसारभरी नाम, आकर्षण र विश्वसनियता छ । यसमा काम गर्ने, काम सिक्ने, आफ्नो प्रतिभा देखाउने र रिसर्च गर्ने विश्वका धेरै युवा युवतीको सपना हुन्छ ।

माईक्रोसफ्ट र बोईङ्ग यी दुबै कम्पनीहरुमा धेरै राम्रो स्थानमा पुगेर नेपालीहरुले काम गरिरहेको देख्दा असाध्यै खुसी लाग्यो । यसका साथै एम्याजन, बर्कशायर हाथवे, फेसबुक, अल्फाबेट, गुगल, एप्पल, पेपल, कोस्को, वालमार्ट, म्याकडोनाल्ड र स्टारबक्स जस्ता कम्पनीहरुको साथै विश्वमा नाम चलेका धेरै प्रसिद्ध कम्पनीहरुमा पनि नेपालीहरुले राम्रो काम गरेका रहेछन् ।

जेरी वाल्डविन, जेभ सिएगी र गोर्डन बोउकरले मिलेर सन् १९७१ मा अमेरिकाको सियाटलको पाईक प्लेसमा पहिलो पटक खोलेको स्टारबक्स नामक कफी पसलले आज विश्वको ८१ देशमा करीब ३० हजार वटा स्टोरहरु स्थापना गरेर करीब २ लाख ९१ हजार भन्दा बढी मानिसलाई रोजगार दिई रहेको छ ।

जेफरी प्रस्टन बेजोस(जेफ बेजोस)ले एम्याजन कम्पनी पच्चीस बर्ष अघि सन् १९९४ मा बेलेभ्यु, वासिङ्गटनमा स्थापना गरेको यो कम्पनीको प्रधान कार्यालय अहिले अमेरिकाको सियाटल शहरमा छ । अहिले यो एक हजार अरब डलर(एक ट्रिलियन डलर)को कारोबार गर्ने अमेरिकाको तीन कम्पनी मध्येको एक हो ।

यसका संस्थापक जफ बेजोस अहिले विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । यस कम्पनीले अहिले विश्वका माईक्रोसफ्ट र एप्पल जस्तो अनेक ठुलो कम्पनीहरुलाई दहृो चुनौति दिई रहेको छ ।

सन् १९७६ मा क्यालीफोर्नियाको सानिडियागो शहरमा प्राईस क्लवको नामले खुलेको पसल पछि सन् १९८३ मा सियाटलमा कोस्को नाममा होलसेल पसल खुल्यो ।

२ लाख ४५ हजार भन्दा बढी मानिसलाई रोजगार दिएको र यसका सदस्यहरुबीच मात्र कारोबार गर्न पाउने यो कम्पनीले विश्वका १२ देश भन्दा बढीमा आफ्नो शाखाहरु संचालन गरिसकेको छ । कुल आम्दानीको आधारमा कोस्को अमेरिकाको सबैभन्दा ठुलो होलसेल कम्पनी हो ।

स्यामुएल मुरे वाल्टन (स्याम वाल्टन) ले विश्वमा सबैभन्दा बढी मानिसलाई रोजगारी दिने विश्वका २८ देशमा २२ लाख मानिसलाई रोजगार दिने वालमार्ट र स्याम्स क्लब जस्तो रिटेल कम्पनी स्थापना गरे ।

विश्वमा यस्ता अरबौं रुपैया आम्दानी गर्ने र हजारौं मानिसलाई आकर्षक रोजगारी दिन सक्ने लाखौ कम्पनीहरु स्थापना भएका छन्, जुन एक जना वा केहि व्यक्तिहरुको एकल वा सामुहिक सपना, सोंच, महत्वाकांक्षा, प्रयास, मेहनत र लगनशीलताले हजारौं मानिसहरुको सुन्दर भविष्यको सपनाको केन्द्रबिन्दु बन्न सफल भएका छन् ।

यी कम्पनीहरु एक दिनमा सजिलैसँग अहिले देखिएको जस्तो आकारका भएका होईनन् । अनेकौं बर्षको कडा मेहनत र लगनशीलता अनि प्रतिस्पर्धीहरुसँगको प्रतिस्पर्धामा प्रशस्त हण्डर ठक्कर खाएर पनि अब्बल ठहरिएकाले र आम मानिसले यिनिहरुको काम मन पराएकाले र विश्वास गरेकाले माथि उल्लेख गरिएका कम्पनीहरु जीवित भएका हुन् ।

जब मानिसमा केहि नयाँ सिर्जना गर्ने जिज्ञासा पलाउँछ, तब मानिसले आविष्कारलाई जन्म दिन्छ । नयाँ प्रविधि र आविष्कारले नै संसारलाई सरल, सहज र समृद्ध बनाउँछ । संसारलाई बदल्न सक्दछ ।

एम्याजन, माईक्रोसफ्ट, बोईङ्ग, कोस्को र स्टारबक्स जस्तो ठुलठुला कम्पनीहरुको प्रधान कार्यालय रहेको अमेरिकाको वासिङ्गटन राज्यमा आय कर लिने बैधानिक ब्यवस्था छैन । यहाँको राज्यले व्यक्ति वा कम्पनीसँग आय कर लिदैन । यो राजनीतिक अर्थशास्त्रका विद्यार्थीको लागि अत्यन्त रोचक तथ्य हो ।

स्टीभ जब्सले एप्पल कम्पनी, बिल गेट्सले माईक्रोसफ्ट कम्पनी, बिलियम बोईङ्गले बोईङ्ग कम्पनी र जेफरी प्रस्टन बेजोसले एम्याजन कम्पनी स्थापना गरे ।

चीनमा ज्याक मा ले अली बाबा कम्पनी र भारतमा धीरुभाइ अम्बानीले रिलाईन्स कम्पनीको स्थापना गरेका हुन् ।

एक जना व्यक्तिको सपना, सोंच, महत्वाकांक्षा, संकल्प, अठोट र प्रयास वा केही व्यक्तिहरुको सामुहिक सपना, सोंच, महत्वाकांक्षा, प्रयास, मेहनत, संकल्प, अठोट र लगनशीलताले अरबौं र खरबौं रुपैयाको कारोवार गर्ने, हजारौ र लाखौं मानिसहरुलाई आकर्षक रोजगार दिने र विश्वभरीको युवा युवतीको सपना बन्न सक्ने साथै विश्वलाई नै नयाँ प्रविधि, सीप र पथ दिन सक्ने कम्पनीहरु स्थापना हुन सक्ने रहेछ ।

विश्व प्रसिद्ध हार्वार्ड, एमआईटी(म्यासाचुसेटस् ईन्सिटिच्यूट अफ टेक्नोलोजि) र स्ट्यानफोर्ड जस्ता अनेकौ विश्व प्रसिद्ध विश्वविद्यालयहरुमा नेपालीहरुले अध्ययन, अध्यापन, रिसर्च र कार्यालयको अन्य कामहरु गरिरहेको देख्दा खुशी लाग्छ । बिदेशका विश्वविद्यालयहरुमा ब्याचलर, मास्टर्स, पिएचडि र पोस्ट डाक्टरेट गर्ने नेपालीहरु प्रशस्त छन् । यो नेपालको सुन्दर र समृद्ध भविष्यको लागि महत्वपुर्ण बौद्धिक गरिमा र मानविय पूँजी हो ।

यी सबै प्रगतिको लागि नियमित अध्ययन, उद्यम, अुनशासन, संकल्प, अठोट र निरन्तरताको आबश्यकता पर्दछ । जब मानिसमा केहि नयाँ सिर्जना गर्ने जिज्ञासा पलाउँछ, तब मानिसले आविष्कारलाई जन्म दिन्छ । नयाँ प्रविधि र आविष्कारले नै संसारलाई सरल, सहज र समृद्ध बनाउँछ । संसारलाई बदल्न सक्दछ ।

एक ट्रिलियन अमेरिकी डलर (एक हजार बिलियन अमेरिकी डलर) बजार मुल्य पुगेका एप्पल, माईक्रोसफ्ट र एम्याजन यी तीनवटै नीजि कम्पनीहरु अमेरिकामा रहेछन् ।

माथि दिईएका कम्पनीहरु पनि एक प्रकारको नीजि वा करपोरेट सँगठन नै हुन् । विश्वका बिभिन्न देशका हजारौं मानिसहरुलाई कम्पनीमा रोजगारी दिएर उनीहरुलाई काममा प्रोस्तसाहित गर्नु, उनीहरुमा सिर्जनशीलता बढाउनु, स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु, भविष्यको सुरक्षाको सुन्दरता बुझाउनु साथै निरन्तरता, क्षमता र योग्यताको आधारमा कामको मुल्याङ्कन हुन्छ भन्ने विश्वास दिलाउन सक्नु नै सँगठनको बिशेषताहरु हुन् ।

बिल र मेलिन्दा गेट्स मिलेर आफ्नो आम्दानीको केही भाग अर्थात् ३० अरब अमेरिकी डलर राखेर विल एण्ड मेलिण्डा गेट्स फाउण्डेशन खोले । यसमा बर्कशायर हाथवे कम्पनीका मालिक अर्वपति वारेन बफेटले यस कम्पनीको एक करोड अमेरिकी डलर बराबरको शेयर बिल एण्ड मेलिण्डा गेटस फाउण्डेशनलाई दिए जसको मुल्य अहिले ४० अरब अमेरिकी डलर भन्दा बढी हुन्छ, जुन परोपकारको लागि गरिएको दानमा विश्वमा नै सबैभन्दा धेरै रकम हो ।

रोचक कुरा त के छ भने वारेन बफेटले ४० अरब अमेरिकी डलर भन्दा बढी रकम परोपकार कार्यको लागि दान गरे तर आफ्नो नाममा फाउण्डेशन खोल्ने कुनै ईच्छा देखाएनन् । अचम्म छ । मानिसहरु भन्छन्, अमेरिकामा यो संभव छ ।

नेपालको केहि दलहरुमा र राज्य सत्तामा रहेका केहि मानिसहरुमा पनि कुँवाको भ्याकुताले जस्तो साँघुरो घेरालाई नै सम्पुर्ण संसार ठान्ने जटिल मानसिक र ब्यवहारिक प्रवृति गंभिररुपमा बढदो मात्रामा देखिन्छ ।

युवाहरुमा सैद्धान्तिक प्रष्टता र अडान नभएको तथा युवाहरुले मौलिक वैचारिक बिकल्प दिन नसकेको भनेर नेपाली कांग्रेसका बौद्धिक अध्ययनशील नेता प्रदीप गिरिले नेपाली युवाहरुको मस्तिष्कमा बारम्बार जोडजोडले पीडादायी कठोर चट्टानी हथौडा प्रहार गरिरहनु भएको छ ।

बिदेशमा रहेका युवाहरु ब्यस्त र मस्त छन् अनि नेपालमा भएका युवाहरु अस्तब्यस्त छन्, यो अवस्था देखेर वहाँ अत्यन्त चिन्तित र दुःखीत भएको भान हुन्छ । यही अबस्था रहिरहेमा देश र युवाहरुको दुःखद भविष्यको चित्रणले वहाँ भित्रका वेदनाहरु मर्मस्पर्षी शब्द बनेर आफ्नो वाणी र लेखनमा आजकल बारम्बार देखिन थालेको छ ।

वहाँले यसरी जोडजोडले युवाहरुलाई घचघच्याउनुमा वहाँको चाहना नेपाल र नेपालीको समृद्ध सुन्दर स्वतन्त्र जिजिविषाको लागि समयमा नै युवाहरु ब्यूझुन्, जागुन, सोचुन्, मनन गरुन्, गंभिर अध्ययन गरुन् र सकारात्मक प्रयास, अठोट र संकल्प गरुन् भन्ने हुन सक्ला । वहाँको यो सकारात्मक भावनालाई नेपाली युवाहरुले बुभ्न र मनन गर्न सक्नु पर्दछ ।

यसैगरि पर्यटन ब्यवसायी कर्ण शाक्यले सकारात्मक सोंचको प्रभावको ब्याख्या किताब लेखेर नेपाली युवाहरुमा प्रवाहित गरिरहनु भएको नै छ ।

यी र यस्ता अधिकांश प्रयत्नहरुका बावजुद पनि हल्का बिषयहरुका बाहेक गंभिर प्रकृतिको बिषयहरुमा हामी कति धेरै जागृत हुन सकेका छौं, आफैले आफ्नो छातीमा हात राखेर आफैसँग ईमानदारपुर्वक प्रश्न गर्दा राम्रो होला ।

ठुलो कामको लागि सोंच पनि फराकिलो राख्नु पर्दछ भन्ने संदेश माथिको उदाहरणहरुले प्रष्ट गर्दछ । जति ठुलो सपना, त्यति नै बिशाल प्रतिस्पर्धा, त्यति नै गहिरो अध्ययन, त्यति नै गंभिर लगनशीलता, त्यति नै अटल अठोट, त्यति नै गहिरो संकल्प र त्यति नै कठोर मेहनत चाहिन्छ ।

नेपालमा राजनीतिक दलहरुले आफ्नो स‌ंगठनहरु बिशाल बनाउन चाहन्छन् तर बनाउन सकिरहेका छैनन् । किन ? किनकी सोच्ने दायरा र काम गर्ने शैली जबसम्म अत्यन्त साँघुरो हुन्छ, तबसम्म सँगठनको दायरा फराकिलो हुन सक्दैन ।

भाषणमा आदर्शको ठुला ठुला कुराहरु गर्ने अनि ब्यवहारमा त्यसको ठीक उल्टो काम गर्ने परिपाटीले मानिस बिस्तारै नाङ्गिंदै जान्छ र स‌ंगठनमा सबैको सहभागिता हुन गाहृो हुन्छ ।

सबै नेपालीले वैचारिक दृढता र स्पष्टताको साथ गम्भिररुपले मनन गर्नु र जोडजोडले भन्न सक्नु पर्दछ कि ‘भ्यागुता’ को मानसिकताले सँगठन, सुशासन र समृद्धि सम्भव छैन ।

कुनै पनि राजनीतिक दल जब सरकारमा जान्छ अनि उसको सुशासन र समृद्धिको गफले संचार माध्यमका पर्दाहरु रंगिएका हुन्छन् । रेडियो, टेलिभिजन, पत्रिका र अनलाईन खबरहरु सत्तासीनहरुको तस्वीर र खबरहरुले भरिएको हुन्छ ।

आफ्नो पार्टी र गुटको मानिसभन्दा नियतवस अन्यलाई सक्षम र अनुशासित नदेख्ने, सात पुस्तासम्म कमाउने मानसिकता राख्ने, भ्रष्टाचारीहरुले नै सबैभन्दा बढी सदाचारको प्रवचन दिने, जातिय अतिवादमा चुर्लम्म डुबेकाहरुले समावेशीको चर्को गफ दिने, आफ्नो फाईदाको लागि जे पनि बोल्न र गर्न तयार हुने अनि दैनिक चाकडिमा हाजिर हुने व्यक्तिहरु बाहेक अन्यलाई कुनै पनि जिम्मेबारी नदिने भ्याकुताको मानसिकताले सुशासन र समृद्धि आउन सक्दैन ।

साँच्चै नै गहिरिएर गंभिर अध्ययन गर्ने हो भने नेपाली कांग्रेसका विद्धान नेता प्रदीप गिरिले भन्ने गर्नु भएको जस्तै नेपालमा स्पष्ट विचार, नैतिकता, अनुशासन, पारदर्शिता, सुशासन र सदाचारको खडेरी परेकै जस्तो देखिन थालेको अनुभुति मानिसहरुलाई हुन शुरुवात भए जस्तो आभाष हुन्छ ।

कुँवाको भ्याकुताले कुँवालाई र कुँवा माथि देखिने आकासलाई नै संसार ठान्छ । उसले त्यो भन्दा पर पनि संसार छ भन्ने ठान्दैन र विश्वास पनि गर्दैन ।

नेपालको केहि दलहरुमा र राज्य सत्तामा रहेका केहि मानिसहरुमा पनि कुँवाको भ्याकुताले जस्तो साँघुरो घेरालाई नै सम्पुर्ण संसार ठान्ने जटिल मानसिक र ब्यवहारिक प्रवृति गंभिररुपमा बढदो मात्रामा देखिन्छ । यो भ्याकुताको जस्तो मानसिक र ब्यवहारिक प्रवृति नेपाल र नेपालीको भविष्यको लागि अत्यन्त खतराको संकेत हो ।

सबै नेपालीले वैचारिक दृढता र स्पष्टताको साथ गम्भिररुपले मनन गर्नु र जोडजोडले भन्न सक्नु पर्दछ कि ‘भ्यागुता’ को मानसिकताले सँगठन, सुशासन र समृद्धि सम्भव छैन ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ९ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०