मोटोपन घटनाउन खानपानमा ध्यानदिने, दैनिक व्यायाम गर्ने | Khabarhub Khabarhub

मोटोपन घटनाउन खानपानमा ध्यानदिने, दैनिक व्यायाम गर्ने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खानपान र रहनसहनका कारण मानिसको शरीर बढि रहेको छ । व्यवस्थित खानपान नहुँदा र शारीरिक अभ्यास नहुँदा यस्ता समस्या दैनिक बढ्दो छ ।

त्यसमा पनि ग्रामिण भेगमा भन्दा शहरिया जीवन अँगालेका मानिस मोटोपनको शिकार भएका छन् ।

मोटोपनलाई यसरी नियन्त्रण गर्न सकिन्छ:

  • बेलुकाको खाना चाँडै खानुपर्छ।खाना खानेबित्तिकै सत्नुहुँदैन।खाना खाएको २ घन्टापछि मात्र सुत्नुपर्छ।खाना खानेबित्तिकै सुत्ने बानीले मोटोपन बढाउँछ।
  • थोरै खाने, दिनमा तीन–चारपल्ट खाने बानी राम्रो हो।सधैँ नियमित रूपले खाना खानुपर्छ।
  • तौल घटाउन व्यायाम गर्नुपर्छ।बिहान सबेरै हिँड्ने बानी बसाल्नुपर्छ।व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ।यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ।
  • योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ।
  • जंकफुड र गुलियो खानेकुराले मोटोपन बढाउँछ।
  • भोक लागेका वेला कम क्यालोरी दिने खानेकुरा गाँजर, काँक्रो, कागतीको सर्बत आदि खानुपर्छ।
  • मोटोपन घटाउने बहानामा खाना खान कम गर्नु राम्रो होइन।यसबाट हाम्रो शरीरमा नराम्रा असर देखापर्छन्। उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने गलत धारणा पनि राख्नुहुँदैन।
  • नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ।आत्मबलले अनुचित इच्छा वा लतलाई दबाउनुपर्छ।
  • तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याको सजिलै निराकरण गर्न सकिन्छ।
  • प्रशस्त पानी पिउनुपर्छ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ४९ बजे

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद