भारत पहिलो प्राथमिकता हो, राजनीतिक भविष्यको चिन्ता छैनः मोदी | Khabarhub Khabarhub

भारत पहिलो प्राथमिकता हो, राजनीतिक भविष्यको चिन्ता छैनः मोदी


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना लागि राजनीतिक भविष्यको कुनै चिन्ता नरहेको बताएका छन् ।

भारतको स्वतन्त्रता दिवसका दिन लालकिलाबाट सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना लागि भारत पहिलो प्राथमिकता रहेको र राजनीतिक भविष्य आफ्ना लागि प्राथमिकतामा नपर्ने जनाएका हुन् ।

७३ औं स्वतन्त्रता दिवसका दिन सम्बोधन गर्दै मोदीले भने, ‘हामी विभिन्न किसिमबाट सोच्न सक्दछौं तर हाम्रा लागि भारत पहिलो हो । मेरा लागि भारतको भविष्य मुख्य कुरा हो र मलाई राजनीतिक भविष्यको चिन्ता छैन ।’

उनले भने, ‘राजनीति आउँछ जान्छ तर मुलुकको स्वार्थलाई केन्द्रमा राखेर गरिएका कदमहरु महत्वपूर्ण हुन् ।’

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ३० बजे

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक