महिला क्रिकेटमा फेरि अर्को लिगको घोषणा | Khabarhub Khabarhub

महिला क्रिकेटमा फेरि अर्को लिगको घोषणा


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा महिला टी—२० क्रिकेट लिग विराटनगरमा हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले चैत १ देखि ९ गतेसम्म चल्ने जानकरी दिएको हो ।

विराटनगरको बैज्यनाथपुर मैदानमा हुने खेलमा नेपालका मुख्य चार शहरका ४ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नेपाली महिला क्रिकेटको विकासलाई ध्यानमा राखी प्रतियोगिता आयोजना गरिएको आयोजक एनसीएल स्पोर्टस् प्रालिका प्रबन्ध निर्देशक जय राज रायले बताए । ४ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा टिमहरुले अक्शन मार्फत् खेलाडी लिने उनले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन हुने बैजनाथपुर मैदानको पुनः निर्माण भइरहेको र प्रतियोगिता समयसम्म बनिसक्ने आयोजकले बताएको छ । राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्रीले प्रतियोगिा हुनु खेलाडीका लागि राम्रो अवसर भएको बताइन् । “कुनै बेला खेलाडीहरुले राम्रो खेल्दा खेल्दै पनि हाम्रो क्षमता देखाउन पाएका थिएनों । यस्ता प्रतियोगिताले हामीले हाम्रो आफ्नो क्षमता देखाउन पाउने छौं,” कप्तान क्षेत्रीले भनिन् ।

राष्ट्रिय टोलीका कप्तान तथा यु—१९ र राष्ट्रिय महिला टोलीका प्रशिक्षक विनोद दासले नेपाली क्रिकेटका लागि राम्रो समय भएको बताए ।
“अहिले नेपाली क्रिकेटका लागि राम्रो समय हो । नेपालमा अहिले रु खेलभन्दा क्रिकेट चर्चामा छ । मैले थाइल्यान्डमा टि—२०स्म्यास लिग बाट फर्किएपछि नेपालमा महिला फ्रेन्चाईज्ड लिग हुन्छ भनेको थिए । तर, यति छिटो होला भन्ने आशा थिए,” प्रशिक्षक दासले अगाडि भने, “हिजो एउटा लिगको घोषणा भयो । आज अर्को यी प्रतियोगिताले निरन्तरता पाउन् ।”

प्रशिक्षक दासले नेपाली क्रिकेटका लागि सबैभन्दा चूनौतिका रुपमा व्यवस्थापन रहेको र त्यसलाई सबैले आ—आफ्नो हटबाट पछि हटेर समाधान गर्नतर्फ लाग्नु पर्ने बताए । “नेपाली क्रिकेटमा सबै मिलीरहँदा पनि व्यवस्थापनमा देखिएको समस्या ‘हलो’ अड्केजस्तो भएको छ । त्यसले समाधान पाउन सकेको अवस्थामा नेपवाली क्रिकेटले अन्तराष्ट्रिय स्तरमा सफलता हासिल गर्नेछ,” प्रशिक्षक दासले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : ४३ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले