चीनले अमेरिकासँग व्यापार सम्बन्धी वार्तालाई निरन्तरता दिने | Khabarhub Khabarhub

चीनले अमेरिकासँग व्यापार सम्बन्धी वार्तालाई निरन्तरता दिने


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकासँग व्यापारसम्बन्धी वार्तालाई निरन्तरता दिइने जनाएका छन् ।

राजधानी बेइजिङमा अमेरिकी व्यापारमन्त्री स्टिभन मनुचिनलगयतका उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि चिनियाँ राष्ट्रपति सीले व्यापारसम्बन्धी वार्तालाई निरन्तरता दिइने जनाएका हुन् ।

पछिल्लो चरणको वार्ताबाट उल्लेखनीय उपलब्धि हासिल भएको र यसलाई निरन्तरता दिनका लागि अर्को चरणको वार्ता पनि आवश्यक रहेको राष्ट्रपति सीको भनाइ छ ।

यसका लागि चिनियाँ तथा अमेरिकी प्रतिनिधिबीच आगामी साता अमेरिकाको राजधानी वाशिंटनमा छलफल हुने राष्ट्रपति सीको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : ०३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०