लाग्नसक्छ अमेरिकामा संकटकाल : ट्रम्प | Khabarhub Khabarhub

लाग्नसक्छ अमेरिकामा संकटकाल : ट्रम्प


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गर्नसक्ने चेतावनी दिएका छन् । कङ्ग्रेसले पारित गरेको सरकारी खर्चसम्बन्धी विधेयकमा आफूले हस्ताक्षर गर्ने तर मेक्सिकोसँगको सीमामा पर्खाल लगाइछाड्ने ट्रम्पको अठोट छ ।

कङ्ग्रेसले अत्यधिक बहुमतबाट पारित गरेको सरकारी खर्चसम्बन्धी विधेयकमा सीमा सुरक्षाका लागि खर्च छुट्याइएको भएपनि मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि भने खर्च दिइएको छैन ।

ह्वाइट हाउसकी प्रवक्ता सारा ह्युकबी स्याण्डर्सले ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गर्नसक्ने चेतावनी दिएकी हुन् ।

ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि कङ्ग्रेससँग ५ खर्ब ७० करोड डलरभन्दा धेरै मागेका थिए । यता डेमोक्र्याटहरुले भने सीमामा पर्खान निर्माणकै लागि संकटकालको घोषणा गरे त्यसको विरुद्धमा कानूनी उपचारको बाटो खोज्ने चेतावनी दिएका छन् ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी बहुमत नेता न्यान्सी पेलोसी तथा माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीका नेता चक सुमेरले ट्रम्पको संकटकालको घोषणाका विरुद्ध कानूनी प्रकृया शुरु गर्ने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०