काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माणको शिलान्यास | Khabarhub Khabarhub

काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माणको शिलान्यास


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य शुरु गरिएको छ । काठमाडौंको वडा नम्बर १५ स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्र भित्र वृद्ध पार्क बनाउन शूरु गरिएको हो ।

शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गर्दै समयमै सो निर्माण कार्य पूरा गर्न सम्बन्धी निकायलाई निर्देशन दिए । उनले काठमाडौं महानगरपालिकाका सबै वडालाई हरियाली बनाउने अभियान अन्तरगत वडा नम्बर १५ स्थित चःमतिमा वृद्ध पार्क बनाउन लागिएको पनि स्पष्ट पारे ।

अतिक्रमणमा परेका महानगरपालिकाका जग्गामा हरियाली पार्क निर्माण गर्ने मेयर शाक्यको योजना छ । उनले काठमाडौंको वातावरणलाई प्रदुषित हुन नदिन काठमाडौं महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्क लगायतका हरियाली स्थल निर्माणका लागि एक करोडका दरले आर्थिक सहायता उपलब्ध गराएको पनि स्मरण गराए ।

काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा सो पार्क निर्माण गर्न लागिएको हो । २ रोपनी जग्गामा सो पार्क निर्माण गर्न लागिएको चःमति नेवाः खलःका अध्यक्ष पूर्णकाजी ज्यापूले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ३ : ४२ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।