चितवनको राप्ती नदीमा छाडियो २४ गोही | Khabarhub Khabarhub

चितवनको राप्ती नदीमा छाडियो २४ गोही


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुन्जको गोही प्रजनन् केन्द्रमा संरक्षण गरिएका दुई दर्जन गोही राप्ती नदीमा छाडिएको छ । प्रत्यक वर्ष जस्तै यस वर्ष पनि निकुन्ज मुख्यालयको कसरा नजिकै २ भोले सहित २४ वटा गोही छाडिएको हो । निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीहरुलाई ५ वर्ष उमेर पुगेपछि नारायणी, राप्ती तथा बबई नदीमा छाड्ने गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले संयुक्त रुपमा गोही नदीमा छाडेका हुन् । गोही संरक्षणका लागि विस २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा संकलन गरी वार्षिक २०० बच्चा उत्पाद गर्ने गरेको छ ।

जसमध्ये १ सय ५० गोहीलाई बचाउन सकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिए । उनले संरक्षण विना पर्यटन सम्भव नभएकाले अति दुर्लभ गोहीको संरक्षणका लागि जनप्रतिनिधिहरु सकरात्मक हुनुपर्ने बताए । त्यस्तै, भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले गोही संरक्षण कार्यका लागि महानगर सधै सहयोगी बन्ने प्रतिबद्धता जनाइन् ।

हालसम्म नेपालका विभिन्न नदिमा गरि १३ सय ६५ गोही प्राकृतिक वासस्थानमा छाडिएको छ भने यो वर्ष पनि करिब १ सय गोही नदीमा छाड्ने चितवन राष्ट्रिय निकुन्जको तयारी छ । २०१६ को गोही गणना अनुसार १ सय ९८ वटा मात्रै घडियाल गोही नदिहरुमा जिवित छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ३ : ०८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०