‘कर्ली कर्ली कपाल’ मा निरुतासँग भुवन र अनमोलको ठुम्का (भिडियो) | Khabarhub Khabarhub

‘कर्ली कर्ली कपाल’ मा निरुतासँग भुवन र अनमोलको ठुम्का (भिडियो)


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘क्याप्टेन’ को गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा अनमोल केसी, निरुता सिंह र भुवन केसीले नाचेका छन् ।

मेलिना राई र एसडी योगीको आवाज रहेको यो गीतलाई हर्क शाउद र मनिष ढकालले लेखेका हुन् । सविन शाक्यको कोरियोग्राफी रहेको यो गीतलाई केही दिनअघि ललितपुरको एक पार्टी प्यालेसमा खिचिएको थियो ।

गीतलाई नवराज उप्रेतीले खिचेका हुन् भने सुदीप बरालको डीओपी छ ।

स्पोर्टस् जानरामा निर्माण भएको फिल्म ‘क्याप्टेन’ मा दीर्घ खड्काको सम्पादन, भुवन केसीको निर्माण, दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

यस्तै फिल्ममा सुनील थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, बुद्धि तामाङ, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतका कलाकारको अभिनय छ ।

फिल्म फागुन १७ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  २ : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०