घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा | Khabarhub Khabarhub

घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले आज( शुक्रवार) राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका छन् ।

घुस लिएको भिडियो सार्वजनिक भएको भन्दै सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारी गरेपछि उनले राजीनामा दिएका हुन् ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विवरण भिडियोमार्फत् सार्वजनिक भएसँगै उनले पदबाट राजिनामा नदिए महाअभियोग सामना गर्नुपर्ने नेकपाका नेता योगेश भट्टराईले विहीवार चेतावनी दिएका थिए ।

घुस प्रकरणमा मुछिएका आयुक्त पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : ५३ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज