झापामा कला साहित्य उत्सव हुने | Khabarhub Khabarhub

झापामा कला साहित्य उत्सव हुने


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर – रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ ।

झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो ।

फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने कार्यक्रमका संयोजक हरि तिम्सिनाले जानकारी दिए ।

आयोजक समितिका सदस्य दामोदर ढुङ्गेलका अनुसार कला, साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको बताए ।

उत्सवमा कला, साहित्य, संस्कृति, अर्थराजनीति, सञ्चार एवं पर्यावरणजस्ता विषयमा विमर्श गरिने आयोजक संस्थाका सचिव सौरभ मैनालीले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : ३८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको