फाइनलमा म्यानमारविरुद्ध जीत निकाल्दै ट्रफी उचाल्ने नेपालको लक्ष्य | Khabarhub Khabarhub

फाइनलमा म्यानमारविरुद्ध जीत निकाल्दै ट्रफी उचाल्ने नेपालको लक्ष्य


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा जारी हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा आज (शुक्रवार) नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको कालिङ्गा रंगशालामा हुने खेलमा नेपाली महिला टोलीले उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिन लागेको हो । नेपाली समयअनुसार आज बेलुका ६ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ ।

लिग चरणको पहिलो खेलमा म्यानमारसँग ३—० गोल अन्तरले पराजित नेपालले दोस्रो र तेस्रो खेलमा उत्कृष्ट लय समातेको थियो ।

लिगको दोस्रो खेलमा नेपालले भारतमाथि ऐतिहासिक २—१ गोल अन्तरको जीत हासिल गरेको थियो । जुन खेलमा नेपालले महिला फुटबलको इतिहासमै पहिलोपटक भारतलाई उसैको भूमिमा पराजित गरेको हो ।

लिगको अन्तिम खेलमा नेपालले इरानमाथि नेपालले ३—० गोल अन्तरको शानदार जीत हात पारेको थियो ।

तर, फाइनलमा म्यानमारविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला टोलीले ऐतिहासिक जीत हात पार्ने लक्ष्य लिएको खेलाडी तथा प्रशिक्षकले बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको