अमेरिकासँग वार्तामा बस्न तयार रहेको इरानी राष्ट्रपतिको भनाइ | Khabarhub Khabarhub

अमेरिकासँग वार्तामा बस्न तयार रहेको इरानी राष्ट्रपतिको भनाइ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानी राष्ट्रपति हसन रौहानीले नाकाबन्दी हटाउने विषयमा अमेरिकासँग वार्ता गर्न तयार रहेको जनाएका छन् ।

प्रत्यक्ष टेलिभिजन सम्बोधनका क्रममा इरानी राष्ट्रपति रौहानीले इरानले चाहेजति तेल विक्री गर्न दिइनेभए इरान वार्ताको टेबलमा बस्न तयार रहेको जनाएका हुन् । इरान सधैं वार्ताको पक्षमा रहेको भन्दै उनले अमेरिकाले ‘अरुलाई होच्याउने’ र इरानमाथिको नाकाबन्दी बन्द गर्नुपर्ने रौहानीको भनाइ छ । अमेरिका वार्तामा बस्नेभए तर्कका साथ प्रस्तुत हुनुपर्ने रौहानीले बताए ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरु जर्मनी, फ्रान्स र युरोपेली युनियनका अरु नेताहरुले पनि आइतबार पछिल्लो समयमा इरानमा बढ्दो बिवादबाट गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । ती मुलुकहरुको टिप्पणीलगत्तै इरानी राष्ट्रपति रौहानीको यस्तो भनाई सार्वजनिक भएको हो ।

गएको मे महिनामा अमेरिकाले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता एकतर्फी रुपमा बाहिरिएको थियो । यससँगै अमेरिकाले एकपछि अर्को नाकाबन्दी लगाउँदै आएको छ भने मध्यपूर्वमा इरान र अमेरिकाबीच द्वन्द्व नै हुनसक्ने सम्भावना पनि बढ्दै गएको छ ।

हालै इरानले पनि उक्त सम्झौताका महत्वपूर्ण बुँदाबाट पछि हटेको घोषणा गर्दै आएको छ । तर, युरोपेली राष्ट्रहरुले भने वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गर्दै आएका छन् । नाकाबन्दी र युरोपेली मुलुकको दबाबका कारण पनि इरानले वार्ताको प्रस्ताव गरेको हुनसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : १६ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने