डुबान र बाढीबाट म्यान्मारमा हजारौं प्रभावित | Khabarhub Khabarhub

डुबान र बाढीबाट म्यान्मारमा हजारौं प्रभावित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गून– भारी वर्षासँगै बाढी र डुबानका कारण म्यान्मारमा हजारौं विस्थापित भएका छन् ।

भारी मनसुनी वर्षाका कारण म्यान्मारको इरावादी र चिण्डविन नदीमा पानीको सतह बढेर वस्तीहरु डुबानमा परेकाले १८ हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका हुन् । म्यान्मारको कचिन राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । कचिन राज्यमा मात्र १४ हजारभन्दा धेरै विस्थापित भएका छन् ।

त्यस्तै, नजिकको रखायन राज्यमा पनि डुबानबाट ३ हजारभन्दा धेरै मानिसहरु विस्थापित भएको बताइएको छ । रखायन राज्यमा विद्रोही र सुरक्षाफौजबीच जारी हिंसात्मक घटनाबाट विस्थापित भएका मानिसहरु पछिल्लो डुबानबाट पीडित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्थापितको उद्धार र राहतका लागि सुरक्षाकर्मी र उद्धारकर्मीहरु परिचालन गरिएको अधिकारीले जनाएका छन् । म्यान्मारले ती क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता संस्था तथा सञ्चारकर्मीलाई जान प्रतिबन्ध लगाएका कारण घटनाको यकिन तथा विस्तृत विवरण सार्वजनिक नभइसकेको बताइएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ०० बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।