अचानक संसद बैठक स्थगित गरिएपछि देउवाले पोखे आक्रोश « Khabarhub

अचानक संसद बैठक स्थगित गरिएपछि देउवाले पोखे आक्रोश


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन् ।

उनले मुलुक बाढीपहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढ्नुपर्नेमा प्रतिनिधिसभा बैठकनै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप पनि लगाए ।

सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बाढीपहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दासमेत गरे ।

‘विपत्तिका बेला सिंगो संसद एकताबद्ध भएर अघि बढ्न हाम्रो पार्टीले उक्त विषयमा छलफल गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो,’ सभापति देउवाले भने, ‘तर सरकारले राष्ट्रिय संकटका बेला पनि संसदमा छलफल गर्नु पर्ने महत्वपूर्ण विषयमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो ।’

सभापति देउवाले राष्ट्रिय संकटका बेला संसद बैठकमा छलफल गर्ने संसारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको आरोप लगाए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ४ : ११ बजे

स्थानीय निर्वाचनमा युवा उद्‍घोष

मधेस प्रदेशमा मधेसका दलहरू नै पछाडि परेको विश्लेषण प्रस्तुत भइरहेको

सर्लाहीको बरहथवाको मेयर उपमेयरमा एमाले विजयी

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको

पोखरा मेयरमा आचार्य ४ हजारको मतान्तरले अगाडि

काठमाडौँ – पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा

मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु 

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ सौनहवामा दुई वटा मोटरसाइकल ठोक्किँदा

स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ – महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारहरूलाई जनताको