प्राविधिक गड्बडीका कारण भारतको चन्द्रयान–२ को प्रक्षेपण स्थगित | Khabarhub Khabarhub

प्राविधिक गड्बडीका कारण भारतको चन्द्रयान–२ को प्रक्षेपण स्थगित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– प्राविधिक गड्बडीको कारण देखाउँदै भारतले प्रक्षेपण गर्न लागेको चन्द्र अभियान चन्द्रयान–२ स्थगित गरिएको छ ।

दक्षिणी भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट सोमबार सबेरै प्रक्षेपण गर्ने तय भएको चन्द्रयान–२ अभियान स्थगित गरिएको हो । चन्द्रयान–२ प्रक्षेपण गर्नुभन्दा ५६ मिनेट अगावै अभियान स्थगन गरिएको जनाइएको छ ।

स्थानीय समयअनुसार बिहान २ बजेर ५१ मिनेटमा चन्द्रयान प्रक्षेपण हुने बताइएपनि १ बजेर ४५ मिनेटमा अभियान स्थगनको घोषणा गरिएको हो । चन्द्र अभियानमा प्रयोग भएको अन्तरिक्ष यानमा प्राविधिक गड्बडी रहेको पत्ता लागेपछि प्रक्षेपण स्थगन गरिएको जनाइएको छ । भारतको अन्तरिक्षसम्बन्धी अनुसन्धान संगठन इसरोले अभियान प्रक्षेपणको नयाँ मिति चाँडै घोषणा गरिने बताएको छ ।

यो अभियानले चन्द्रमाको दक्षिणी ध्रुवमा गई त्यहाँको खनिजबारे अनुसन्धान गर्ने बताइएको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा १ अर्ब वर्ष पुराना चट्टानहरु रहेको र ती चट्टानलाई आणविक उर्जाको श्रोतको रुपमा प्रयोग गर्न सकिनेबारे अध्ययन केन्द्रित हुने अभियानको उद्देश्य थियो ।

यो अभियान सफल भए भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने विश्वको चौथो मुलुक बन्ने छ । यसअघि रुस, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्ना अभियानको सफल अवतरण गरेका थिए ।

केही समय अघिमात्रै इजरायलको चन्द्र अभियानको अवतरण प्रयास असफल भएको थियो । भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ नामक आफ्नो पहिलो चन्द्र अभियान प्रक्षेपण गरेको थियो ।

चन्द्रमाको परिक्रमा गरी अनुसन्धान गर्ने गरी प्रक्षेपण गरिएको उक्त अभियानसँग ग्राउण्ड स्टेशनको सम्पर्क ३ सय १२ दिन पछि टुटेको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ३ : २४ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका