यी बाटोमा यात्रा गर्दै हुनुहुन्छ ? बाढीपहिरोले बाटो अवरुद्ध छ फस्नुहोला | Khabarhub Khabarhub

यी बाटोमा यात्रा गर्दै हुनुहुन्छ ? बाढीपहिरोले बाटो अवरुद्ध छ फस्नुहोला


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध भएका छन् । केही राजमार्गको अवरोध खुलाएपनि पुन बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् ।

कहाँ कहाँको बाटो अवरुद्ध ?

प्रहरीका अनुसार मुस्ताङ, मनाङ, ओखलढुंगा, ललितपुर, मकवानपुर, सिन्धुली रामेछाप लगायतका जिल्लाका केही सडक खण्ड अवरुद्ध बनेको छ । मुस्ताङको बेनी जोमसोङसडक अवरुद्ध बनेको छ । त्यस्तै मनाङको बेसिशहर मनाङ सडकमा पनि अवरोध रहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको सिद्धिचरण राजमार्गमा बाढीले अवरोध रहेको छ भने ललितपुरको शाित् लोकपथ हेटौडा जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

मकवानपुरको फसेल हुँदै काठमाडौं आउने रुट पहिरोका कारण अवरुद्ध बन्दा सिस्नेरी फर्पिङ सडकखण्ड पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध छ भने रामेछापको मन्थलिबाट काठमाडौं आउने सडक पहिरोका कारण अवरुद्ध रहेको छ ।

प्रहरीका अनुसार भोजपुरमा गजुरमुखी भीरमा पहिरो जाँदा भोजपुर धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै रौतहटको गौर सडक खण्ड, महोत्तरीको जलेश्वर सडकखण्ड अवरुद्ध छ ।

पाल्पाको सिद्धबाबा नजिक पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै कालिकोटमा कर्णाली राजमार्ग अवरोध भएको छ भने महोत्तरीमा पूर्व पश्चिम राजमार्ग पानीको वहाव बढ्न जाँदा अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ५६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६