वैदेशिक रोजगारीबाट फर्किर स्वदेशमा व्यवसाय गर्दै आएकालाई मन्त्री विष्टले गरे सम्मान | Khabarhub Khabarhub

वैदेशिक रोजगारीबाट फर्किर स्वदेशमा व्यवसाय गर्दै आएकालाई मन्त्री विष्टले गरे सम्मान


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको अधिकार र सुरक्षाको लागि कसैसँग न झुक्ने बताएका छन् ।

आइतबार मन्त्रलयमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बिष्टले नेपाली नागरिकको अधिकार रक्षाको लागि सरकार अडिग रहने बताए ।

मन्त्री बिष्टले केहि व्यक्तिले आफ्नो स्वार्थको लागि गर्ने कार्यलाई निरुत्साही बनाउदै अरु देश सँग श्रम सम्झौता गर्दा नेपाली श्रमिकको हक अधिकार स्थापित हुने गरि अडान राखिने बताए ।

कार्यक्रममा मन्त्री बिष्टले बैदेशिक रोजगारीलाई कम गर्दै नेपालमा भएको सम्भावना उपयोग गर्न पनि आग्रह गरे । नेपालमा भएको सम्भावनालाई उपयोग गर्न सके समाज बिकाश र देशको परिवर्तनमा महत्वपूर्ण भूबताए ।

कार्यक्रममा मन्त्रालयले ६ जना उद्यमीहरुलाई सम्मान गरेको थियो । सम्मानित भएका मध्य एकजना उत्कृष्ट राष्ट्रिय उद्यमी र अरु ५ जना उद्यमी पुरस्कारबाट सम्मानित भएका हुन् ।

सम्मानित हुनुभएका उद्यमीहरु दीपक चापागाईँ, मनोजकुमार भारती र त्रिलोक पनेरु दक्षिण कोरियाबाट फर्कनु भएको हो ।

यस्तै शर्मिला अधिकारी र निरबहादुर रावत यूएईबाट फर्किएका हुन् भने एकबहादुर सिङताङ मलेसिया र नवराज पौड्याल दुबईबाट फकिएका हुन् ।सम्मानित सबैले आफ्नो उद्योगमा १५ जना देखि ५० जना सम्मलाई रोजगारी दिएका छन् ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ०४ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न