मनसुन सक्रिय भएपनि अब ठूलो वर्षा हुने सम्भावना छैन–मौसमविद् | Khabarhub Khabarhub

मनसुन सक्रिय भएपनि अब ठूलो वर्षा हुने सम्भावना छैन–मौसमविद्


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —मनसुन सक्रिय भएपनि फेरि भारी मनसुनी वर्षा नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार मनसुन सक्रिय भएपनि तत्काल त्यति ठूलो र लगातार वर्षाको संकेत छैन ।

प्रधानांगका अनुसार मनसुनको न्यूनचापीय रेखा तराईको भूभागमै छ । गत साता उक्त रेखा भारतबाट नेपालतिर सरेको थियो । न्यूनचापीय रेखा जहाँ बनेको हुन्छ, त्यसवरपर पानी पार्ने प्रणाली शक्तिशाली बनेको हुन्छ र वर्षा बढी हुन्छ ।

गत साता न्यूनचापीय रेखासँगै न्यूनचापीय प्रणाली (लो प्रेसर) विकसित भएपछि देशैभरि लगातार भारी वर्षा भएको प्रधानांगको भनाइ छ । उनका अनुसार अहिले लो प्रेसर नेपालको भूभागबाट विलिन भइसकेकाले त्यति ठूलो प्रभाव पर्ने सम्भावना छैन । न्यूनचापीय रेखा मात्र रहेकाले लगातार वर्षाको संकेत नरहेको उनले बताए ।

न्यूनचापीय रेखा नेपालतिर सर्नुका साथै भारतको बिहार, उत्तरप्रदेश हुँदै नेपालको मध्यभागसम्म लो प्रेसरसमेत विकसित भएपछि झन्डै तीन दिन लगातार वर्षा भएको थियो । तीन दिनमा मुलुकका धेरै स्थानमा एक महिनामा पर्ने औसत वर्षाभन्दा बढी पानी परेको छ ।

एकै पटक धेरै वर्षा भएकाले असरसमेत निम्तिएको छ । लो प्रेसर बंगालको खाडीमै बन्छ र पश्चिम सर्दै आउँछ । प्रधानांगका अनुसार न्यूनचापीय रेखा जहाँ हुन्छ, त्यसैलाई पछ्याउँदै लो प्रेसर आउँछ ।

न्यूनचापीय रेखाले पानी पार्ने प्रणाली विकास गर्ने उनको भनाइ छ । मनसुनका बेला यो रेखा तलमाथि (उत्तर र दक्षिण) सरिरहने प्रधानांगले बताए ।

न्यूनचापीय रेखा तलतिर सर्‍यो भने नेपालमा मनसुन कमजोर हुन्छ र वर्षा कम हुन्छ । धेरै समय दक्षिण (भारत) तिर बसिरह्यो भने सुक्खा पनि हुन सक्छ । न्यूनचापीय रेखा माथि (उत्तर) तिर सर्‍यो भने मनसुन सक्रिय हुन्छ र वर्षा धेरै हुन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन नेपालमा मनसुन सक्रिय हुने देखिन्छ । सरदर हिसाबले जेठ अन्तिममै मनसुन भित्रिनुपर्ने भए पनि नेपालमा १० दिन ढिलो गरी असार ५ गते पूर्वी भागबाट मनसुन प्रवेश भएको थियो । कमजोर अवस्थामा प्रवेश भएको मनसुन नेपालभरि फैलिन भने करिब एक साता लाग्यो ।

मध्य जुनदेखि सेप्टेम्बरसम्म करिब एक सय ५ दिन नेपालमा मनसुनी वर्षा हुन्छ । तीमध्ये जुलाईमा बढी वर्षा हुन्छ । मनसुनमा वार्षिकको ८० प्रतिशतसम्म (सरदर १४ सय मिलिमिटरभन्दा बढी) वर्षा हुन्छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ३७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६