चन्द्रग्रहणको सुतक लागिसकेपछि भुलेर पनि नगर्नुस यस्ता कामहरु | Khabarhub Khabarhub

चन्द्रग्रहणको सुतक लागिसकेपछि भुलेर पनि नगर्नुस यस्ता कामहरु


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मंगलबार राति चन्द्रग्रहण लाग्ने भएको छ । केही दिन अगाडि सूर्य ग्रहण लागेको थियो भने अहिले चन्द्रग्रहण लाग्ने भएको हो ।

सूर्य ग्रहण नेपाली आकासमा अवलोकन गर्न नसकिएको भएपनि चन्द्रग्रहण भने स्पष्ट रुपमा अवलोकन गर्न सकिने छ । मंगलबार दिउँसोबाटै ग्रहणको सूतक शुरू हुनेछ राति सवा १ बजेदेखि चन्द्रग्रहण शुरु हुनेछ र सवा ४ सम्म जारी रहनेछ ।

ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)बाट स्पर्श गर्ने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए ।

सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ ।

हिन्दू धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ । यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ ।

हिन्दू पञ्चाङ्गअनुसार आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण खण्डग्रास हुनेछ । यसपटक यो ग्रहण ३ घण्टाको हुनेछ । ग्रहणकालमा धेरै किसिसमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ ।

सनातन संस्कारमा र खगोलशास्त्रमा ग्रहणलाई बिशेष महत्व दिइएको छ । स्वास्थ अवस्थाको हिसाबले गर्भवती महीला, बृद्धबृद्धा, नवजात शिशुहरु अनि केटाकेटीका लागि ग्रहणको समय अत्यन्त महत्वपूर्ण र संबेदनशील मानिन्छ । सनातन संस्कारमा ग्रहणको संभाब्य नकारात्मक प्रभाबबाट बच्न बिभिन्न पूजाअर्चना गर्ने चलन पनि धेरै पहिलेदेखि छ ।

पौराणीक कथनबाट अघि बढ्न चाहयौ, समुन्द्र मन्थनका समयमा मोहीनीको रुप धारण गरेर बिष्णुदेवले असुरहरुलाई अमृत सेवनगर्नबाट झुक्याउनुभएको थियो तर यो कुरा चालपाएर असुरहरुमध्यका राहु र केतुले देवहरुको पक्षमा उभिएर छलपूर्वक अमृत सेवन गरेका भन्ने कथन छ ।

यो कुरा चालपाएर सूर्य र चन्द्रले बिष्णुदेवलाई सुनाँउदा सम्म राहु र केतुले केही अमृत सेवन गरिसकेका थिए । अमृतको प्रभावले राहु र केतुलाई बिष्णुको सुर्दशन चक्रले मृत्यूवरण गराउन सकेन र अझै पनि उनिहरु उत्तरी र दक्षिणी गोलार्धमा ताराका रुपमा रहिरहेको बताइन्छ ।

यसै कारणले पनि ग्रहण अर्थात सूर्य, चन्द्र र पृथ्वी एकैलहरमा रहेका समयमा राहु र केतुको पनि प्रत्यक्ष प्रभाव रहने भएकाले सुदर्शन चक्रधारी बिष्णुको स्तोत्र अनि समुन्द्र मन्थनपछिको हलाहल बिष सेवन गर्ने भगवान शिवको स्तोत्र गर्नुपर्ने जनाइएको छ ।

ग्रहण लाग्न अगाडीको ९ घन्टाअघि नै ब्रत बस्न शुरु गर्ने चलन पनि छ । ग्रहणको समयमा कमजोर स्वास्थ अवस्था भएका मान्छेहरुलाई र गर्भवतीहरुलाई कुशको घाँस लिएर बस्न लगाइन्छ ।

कुशको घाँसले बिकिरणहरुलाई प्रतिबिम्बीत गरेर पर भगाउने कुरा बिज्ञानले पनि पुष्टी गरिसकेको छ । यसरी कुशको घाँस साथमा राख्नाले ग्रहणको समयका बिकिरणहरु आउन नपाउने बिज्ञान प्रष्ट छ ।

ग्रहणको समयमा केही पनि पकाएर नखान समेत भनिन्छ र ग्रहणका बेलामा कुनैपनि कार्यहरु नगर्न र घरभित्र आरामले बस्न भनिन्छ । यसो गर्नाले ग्रहणका समयमा बिकिरणहरु, नराम्रा वायू या उर्जाहरुवाट बच्न समेत मद्धत गर्ने बताइएको छ ।

ग्रहणका समयमा धारिलो हातहतीयार पर राख्ने र घरभित्र गर्न मिल्ने भएतापनि सीलाई बुनाईका कार्यहरु आदि नगर्न सल्लाह दिइन्छ । गर्भवतीहरुले ग्रहण लागेका सूर्य या चन्द्रलाई हेरेमा अपागंता भएका बच्चा जन्मने बिश्वास र बैज्ञानिक संभावना पनि नकार्न सकिदैन ।

सन्तान गोपाल मन्त्रको जाप गर्भवती महिलाले गरेमा नकारात्मक उर्जाहरु बाट ग्रहणको समयमा बच्ने बताइएको छ ।

सूर्य ग्रहणलाई नहेर्नु भनिन्छ तथापि चन्द्रग्रहणलाई भनें हेर्दा सूर्य जस्तो आँखाको क्षमता या दृष्टिमा कमी नआउने बताइन्छ । तथापि ग्रहणलाई नागों आँखाले नहेरेर केही भाँडामा पानी हालेर त्यसको प्रतिबिम्बमा हेर्न सुझाव दिइन्छ ।

ग्रहण आँफैमा नकारात्मक कुरा भनें हैन तर यसको प्रभावबाट आफूलाई सुरक्षित भने राख्न जरुरी छ । सनातन संस्कार हिन्दु दर्शनमा भनें ग्रहणका समयमा मन्दिरहरु पनि बन्द हुने चलन छ । ग्रहणपछि ग्रहण नुहाउने र दानपुण्य गरेर ग्रहण पखाल्ने चलन छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ५ : ५७ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा