करेन्ट लागेर महिलाको मृत्यु « Khabarhub

करेन्ट लागेर महिलाको मृत्यु


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार मृतकका बुबाले अटो रिक्सा चार्ज गर्न जोडेका बेलामा आँगनमा कुचो लगाउँदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो ।

यसैबीच बाँके राप्ती सोनारीको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा संलग्न एक भारतीय मूलको मजदूरको मृत्यु भएको छ ।

शुक्रबार साँझ पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएको भारत पश्चिम बङ्गाल मालदाको १८ वर्षीय मरिउल स्लामको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले आज जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : ५९ बजे

बङ्गलादेशमा ५ देखि १२ वर्षका बालबालिकालाई खोप लगाइने

ढाका- बङ्गलादेशमा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको

काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखियो

काठमाडौँ– काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह

कम्युनिष्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम बन्न सकेन : नेता खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको

एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपालबीच समझदारी

काठमाडौँ– एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल टानबीच डिजीटल

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण