श्रीमान श्रीमतीले कहिल्यै नगर्नुस् अरुसँग यी ५ कुरा | Khabarhub Khabarhub

श्रीमान श्रीमतीले कहिल्यै नगर्नुस् अरुसँग यी ५ कुरा


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन । त्यसमा समस्या उत्पन्न हुन जान्छ ।

त्यसैले श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि सचेत हुनुपर्छ । पतिपत्नी बीच कहिलेकाहीँ झगडा हुन्छ । ‘बुढाबुढीको झगडा परालको आगो’ भन्ने त लोक उक्ति नै छ ।

त्यसैले सामान्य समस्या पति पत्नीबीच पर्नु स्वभाविक नै हो । त्यस्ता समस्यालाई आपसी छलफल र कुराकानीबाट समाधान गर्न सकिन्छ । यदी सामान्य समस्या पनि दुई जनाबाट बाहिर जान थाल्यो भने समस्याले थप जटिलता सिर्जना गर्छ । यस्तो व्यवहारले परिवार नै ध्वस्त हुने अवस्थामा समेत पुग्ने गरेको छ ।

पतिपत्नीबीचको समस्या वा झगडालाई तेस्रो व्यक्तिसँग पुर्‍याउँदा दुई जनाबीचको दरार झन् बढ्ने भएका कारण यस्ता समस्यालाई सकेसम्म दुई जनाबीच नै समाधानको प्रयास गर्ने गर्नुहोस् ।

पति पत्नीले आफ्नो व्यक्तिगत सम्बन्धका केही विषय अरुलाई र आफ्ना अतिनै मिल्ने साथीलाई पनि भन्न हुँदैन जसका कारण समस्या समाधान नभइ बृद्धि हुन्छ ।

आफूहरुबीचको सम्बन्धका बारेमा खुल्ला रुपमा साथीहरुसँग कुरा गर्नु र व्यक्तिगत कुरालाई सामाजिक सञ्जालहरुमा सेयर गर्दा कहिले काही समस्या थप जटिल हुन जान्छ ।

पतिपत्नीबीच कतिपय कुराहरु नितान्त व्यक्तिगत हुने गर्छ जुन कुरा तपाइँले अरु साथीलाई सुनाउँदा उसले त्यसस्ता कुरामा खेल्ने मौका पाउँछ । उसले त्यस्ता विषय तपाईंका शत्रु वा पति÷पत्नीलाई सुनाइदिने समस्या पनि पर्न जान सक्छ जसका कारण समस्या थप बढ्न जान्छ ।

त्यसैले पति पत्नीले केही कुरालाई दुई जनाबीच मात्र सिमित राख्न जरुरी छ । यी ५ कुरालाई सकेसम्म तेस्रो पक्षसँग पुग्न नदिने प्रयास गर्नुभयो भने पति पत्नीबीच समस्या देखिने छैन ।

पति पत्नीबीचको झगडा

पति पत्नीबीच कहिलेकाहीँ झगडा हुन सक्छ । माथि नै भनिएको जस्तो पति पत्नीको झगडा परालको आगो जस्तै हो । तर यही कुरा अर्को पक्षकहाँ पुग्दा त्यसले उग्र रुप लिने सम्भावना पनि हुन जान्छ । वा तेस्रो पक्षले त्यस्ता कुरामा खेल्ने सम्भावना पनि हुन जान्छ । त्यसैले पति पत्नीबीच भएको समस्यालाई आपसी छलफल कुराकानीमा समाधान गर्न जरुरी हुन्छ ।

शयन कक्षका कुरा

पति पत्नीले शयन कक्षा वा वेडरुमका कुरालाई सामान्यतया दुई जनामा सिमित राख्दा फाइदा पुग्छ । यस्ता विषयमा मानिसहरुको विशेष चासो रहन सक्छ । साथीभाइले निकै चासो पूर्वक सोधेको खण्डमा उत्साही हुँदै यस्ता कुराहरु खोल्दा ती विषय कुनै दिन मजाकको विषय बन्न पुग्न सक्छ । एक जना मिल्ने साथीबाट अर्कोमा सेयर हुन जानसक्छ र त्यही कुरा पुन पति वा पत्नीले थाहा पाएमा त्यसले सबैभन्दा ठूलो समस्या ल्याउन सक्छ ।

पति पत्नीबीच हुने यौन सम्बन्ध, प्रकृया, लगायतका विषयमा अन्यसँग खुलेर कुरा गर्दा कहिलेकाही त्यसले नकारात्मक असर पुर्‍याउन सक्छ ।

आर्थिक कुरा 

पारिवारिक कलहको अर्को कारण आर्थिक पक्ष हो । आर्थिक रुपमा कमजोर अवस्था भएको खण्डमा यी समस्याहरु धेरै आउने गरेको पाइन्छ । पतिले पत्नीको र पत्नीले पतिको कमाइ कम छ, राम्रो गर्न सकेकै छैन भन्ने अरुलाई सुनाउन जरुरी छैन । किनकी समस्याहरु त पति पत्नी मिलेर नै समाधान गर्ने हो । आर्थिक रुपमा कमाइ गर्न सकेको छैन, पारिवारिक अवस्था यस्तो कमजोर छ लगायतका कुरा बाहिर गर्दा उनीहरुले तपाई माथि हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन गर्न सक्छन् ।

नकारात्मक कुरा

पति पत्नीको सम्बन्ध सधैं राम्रो मात्र हुन्छ भन्ने हुँदैन । यो दुई पक्षबीचको आपसी सहमतिको सम्बन्ध भएका कारण यो सम्बन्धलाई राम्रो बनाउन सकेसम्म सकारात्मक सोच राख्न आवश्यक हुन्छ । पति वा पत्नीको नकारात्मक मात्र कुराबारे साथीभाइसँग सेयर गर्नुभयो भने उनीहरुले पनि त्यसमा हो मिलाउने र दुई जनालाई मिलाउनु भन्दा एक पक्षलाई उचाल्ने, डिभोर्सका लागि उक्साउने आदी कार्य गर्न सक्छन् । त्यसैले नकारात्क विषयलाई मात्र नभइ सकारात्मक विषयलाई प्राथमिकता दिने गर्नुहोस् ।

विवाह पूर्वको सम्बन्ध

पति पत्निले विवाह भन्दा पहिलाको सम्बन्धबारेमा कुरा गर्दा धेरैमा समस्या पर्ने गरेको छ । केहीले त्यस्ता सम्बन्धलाई स्वीकार गर्न सक्दैनन् । त्यसैले यस्ता सम्बन्धहरुलाई सकेसम्म आफैंमा वा पति पत्नीबीचमा राख्ने गर्नुहोस् । ‘मेरो पतिको त पहिला फलानो फलानोसँग अफियर रहेछ नि’ वा मेरो पत्नीको फलानोसँग चक्कर चलेको रहेछ नि भन्दै मिल्ने साथीलाई भन्दा पनि त्यस्ता विषय अन्यत्रसम्म फैलने र रमाइलो रमाइलैमा साथी भाइले त्यस्ता विषयलाई उडाउने आदी गर्दा समस्याहरु उत्पन्न हुन जान्छ ।

त्यसैले पारिवारिक समस्या पर्न नदिन पति पत्नीबीच छलफल र समझदारी सबैभन्दा महत्वपूर्ण कुरा हो । दुई जनाबीच हरेक विषयमा छलफल, समस्याको सुझवुझ पूर्ण समाधान गर्न सकिएको खण्डमा वैवाहिक जीवनलाई राम्रोसँग चलाउन सकिन्छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : २२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न