रुसमा ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको फेला | Khabarhub Khabarhub

रुसमा ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको फेला


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसको उत्तरी ध्रुवीय क्षेत्रमा झण्डै ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी वैज्ञानिकहरुले दाबी गरेका छन् ।

रौँले ढाकिएको अवस्थामा टिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको हो । वैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् ।

आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् ।

स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ ।

“यस्तो हामीले पहिलो पटक देखेका छौँ,” याकुटिया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले जनाए ।

मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ५ : १७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६