हङ्कङको विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकालका लागि स्थगित « Khabarhub

हङ्कङको विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकालका लागि स्थगित


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ–व्यापक विरोध  प्रदर्शन भएपछि हङ्कङले विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकाल सम्मका लागि स्थागित गरेको छ ।

हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त विधेयक स्थगित गरेको घोषणा गरेकी हुन् । सम्बोधनका क्रममा उनले उक्त विधेयक कहिलेसम्मका लागि स्थगित गरिएको हो भन्नेबारे कुनै मिति भने तोकिनन् ।

नयाँ विवादास्पद सुपुर्दगी कानूनले हङ्कङका नागरिकले अभ्यास गर्दै आएको स्वतन्त्रता तथा अधिकार कुण्ठित हुने भन्दै यो साता दशौं लाखले प्रर्दशन गरेका थिए ।

हङ्कङका नागरिकविरुद्ध चीनले यही सुपुर्दगी कानूनका आधारमा पक्राउ गर्न सक्ने भन्दै विपक्षीले प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि हङ्कङ सरकारलाई यो विधेयक फिर्ता लिन चर्को दबाब परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल प्रमुख कार्यकारी क्यारी लामलाई पदबाट राजीनामा दिन दबाब रहेको जनाइएको छ । यद्यपि पत्रकार सम्मेलनमा भने उनले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन् ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ३ : २२ बजे

प्रचण्डद्धारा स्वर्गीय छोरा प्रकाशको सालिक अनावरण

काठमाडौँ : हृद्यघात भएर मृत्यु भएका छोरा प्रकाश दाहालको सालिक

राष्ट्रपतिद्धारा मेक्सिको र बहराइनका लागि राजदूत नियुक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि

फलाम बोकेको ट्रक दुर्घटना हुँदा भारतीयको मृत्यु

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक फलाम बोकेको ट्रक

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असार १७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ०१,

ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ

जनकपुरधाम– लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको