भोलि उपत्यकाका निजी विद्यालय बिदा | Khabarhub Khabarhub

भोलि उपत्यकाका निजी विद्यालय बिदा


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको निधनको शोकमा भोलि (आइतबार) बिदा हुने भएका छन् । निजी विधालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौंका सहसचिव , एनप्याव्सन गोकेर्णेश्वर नगरकमिटीका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको असामयिक निधनको शोकमा काठमाडौँका सम्पुर्ण निजी विधालयहरु बन्द हुने भएका छन् ।

प्याब्सन काठमाडौं र एन प्याब्सन काठमाडौंले संयुक्त रुपमा आइतवार काठमाडौं भरिका सम्पुर्ण निजी विद्यालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विधालयहरुलाई अपिल गरेका छन् ।

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेर एक विज्ञप्ती जारी गर्दै आइतवार निजी विधालय बन्द गर्ने जानकारी गराएका हुन् ।

लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय गुरुङको उपचारका क्रममा बिहीबार मेडिसिटी हस्पिटलमा निधन भएको थियो । ब्रेन ह्यामरेजको अपरेशसन असफल भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको शनिबार २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

जारी विज्ञप्ती यस्तो छ

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ९ : ३९ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को