कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात | Khabarhub Khabarhub

कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-फुटबलको शक्ति राष्ट्र ब्राजिलले ४६औं संस्करणको कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । आफ्नै देशमा भएको खेलमा ब्राजिलले बोलिभियालाई ३-० ले पराजित गर्‍यो ।

नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा स्टार फरवार्ड नेइमारबिनै ब्राजिलले जीत दर्ता गराएको हो । यो खेलमा स्टार मिडफिल्डर फिलिपे कोउटिन्हो नायक बने । उनले टिमलाई जिताउन पहिलो खेलमै व्यक्तिगत २ गोल गरेर आफ्नो प्रभाव देखाए ।

निकै प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा ब्राजिलले बोलिभियाको रक्षापंक्ति तोड्न सफल भयो । जहाँ उसका लागि खेलको ५०औं मिनेटमा कोउटिन्होले पेनाल्टीमार्फत् गोल गर्दै प्रतियोगिताकै पहिलो तथा टिमका लागि पनि पहिलो गोल गरे ।

बक्सभित्र ब्राजिलका खेलाडीले हानेको बल सोझै बोलिभियाका खेलाडीको हातमा लागेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिएका थिए । जसमा कोउटिन्होले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।

पहिलो गोल गरेको ३ मिनेटपछि नै कोउटिन्होले अर्को गोल गरे । बक्सभित्र मैदानको माथिल्लो भागबाट रोवर्ट फर्मिन्होले दिएको आकर्षक पासमा कोउटिन्होले सजिलै हेडिङमार्फत् गोल गरेर टिमलाई २–० को सहज अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औं मिनेटमा डेभिड नेरेशको स्थानमा मैदान छिरेका खेलाडी एभर्टन सोआरेजले बक्सबाहिरबाट बोलिभियाका ३ जना डिफेन्डरलाई छलाउँदै दर्शनीय गोल गरेपछि खेल ब्राजिलले ३–० ले जित्यो ।

यससँगै समूह ‘ए’मा रहेको ब्राजिलले पहिलो खेलमा स्पष्ट जित निकालेर खातामा ३ अंक जोड्न सफल भएको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित बोलिभया सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : २५ बजे

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र