राजनारायण पाठकसँग ७८ लाख धरौटी माग, बैंक ग्यारेन्टी खोज्दै आफन्त | Khabarhub Khabarhub

राजनारायण पाठकसँग ७८ लाख धरौटी माग, बैंक ग्यारेन्टी खोज्दै आफन्त


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस लिएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

भक्तपुरको नेपाल इन्जिनियरङ कलेजको सम्पत्ति बाँडफाँट सम्बन्धी मुद्दा मिलाइदिने भन्दै पाठकले घुस लिएको विषय सार्वजनिक भएको थियो ।

घुस लिएको विषय सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए । त्यसपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेर गत चैत १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

घुस लिएको विषय सार्वजनिक भएदेखि नै ‘फरार’ रहेका पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै बयान सकिएपछि विशेष अदालतमा थुनछेक बहस शुरु भएको हो । अदालती समय (५ बजे) भन्दा ढिलो गरी जारी भएको आदेशमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

पाठकका आफन्त धरौटी माग गरिएबराबरको बैंक ग्यारेन्टी ल्याउने भन्दै केही समय अगाडि अदालतबाट बाहिरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : २३ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल