भारतीय जेलबाट मुक्त भए १९ पाकिस्तानी कैदीबन्दी | Khabarhub Khabarhub

भारतीय जेलबाट मुक्त भए १९ पाकिस्तानी कैदीबन्दी


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमृतसर– भारतको जेलबाट मुक्त भएका १९ जना पाकिस्तानी कैदीबन्दी स्वदेश पुगेका छन् ।

उनीहरु अट्टारी–वागा सीमा हुँदै पाकिस्तान पुगेका हुन् । विभिन्न समयमा विना प्रवेशआज्ञा र गैरकानूनी रुपमा भारत पुगेका पाकिस्तानलाई भारतले फत्राउ गरि जेल चलाउन गरेको थियो ।

जसमध्ये हालै भारत सरकारले १९ जनालाई कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो ।

भारतको जेलबाट मुक्त भएका पाकिस्तानी नागरिक विकास अहमदले आफूले १० वर्ष जेलमा विताउनु परेको बताए ।

भारतले उनलाई सन् २००९ मा विना प्रवेशआज्ञा आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको भन्दै पक्राउ गरेको थियो ।

१३ महिना भारतीय जेलमा विताएर मुक्त भएका एक माझी मुस्तफाले भारले आफ्नो जेलमा रहेका पाकिस्तानीलाई छाड्नु स्वागतयोग्य कदम रहेको बताएका थिए ।

उनी समुद्रमा माछा मार्ने क्रममा अन्जानबस भारतीय सीमा क्षेत्रमा प्रवेश गरेपछि पक्राउ परेका थिए ।

भारत र पाकिास्तानको सीमा जोडिएका क्षेत्रबाट हरेक वर्ष दुई देशका नागरिक एक–अर्काको सीमाबाट पक्राउ पर्ने गर्छन् ।

विशेष गरी माछा मार्ने माझीहरु भुलबस अर्को देशको सीमामा प्रवेश गर्दा पक्राउ पर्छन् । भारतीय माझीहरु पनि ठूलो संख्यामा पाकिस्तानी जेलमा रहको बताइन्छ ।

गत अप्रिल महिनामा मात्रै भारतको अनुरोधमा पाकिस्तान सरकारले आफ्नो जेलमा रहेका ६० जना भारतीयलाई रिहा गरेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  २ : १२ बजे

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल