७८ लाख घुस लिएको आरोप लागेका राजनारायण पाठक अदालतमा उपस्थित | Khabarhub Khabarhub

७८ लाख घुस लिएको आरोप लागेका राजनारायण पाठक अदालतमा उपस्थित


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटसम्बन्धी मुद्दा मिलाइदिने बहानामा ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धा आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत १२ गते दायर गरेको मुद्दाको बयानका लागि पाठक बुधबार विशेष अदालतमा हाजिर भएका हुन् ।

अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य (न्यायाधीश)हरु द्वारिकामान जोशी र प्रमोद कुमार श्रेष्ठको इजलासमा पाठकको बयान चलिरहेको छ ।

बयान सकिएपछि बुधबार नै थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ । सम्भवतः बुधबार नै अदालतले थुनछेक आदेश जारी गर्ने संभाना रहेको स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १ : ३७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन