१०० वर्ष अगाडिको जेठ १ गते, नेपाली जनताले पहिलोपल्ट टेलिफोन देख्न पाएको दिन | Khabarhub Khabarhub

१०० वर्ष अगाडिको जेठ १ गते, नेपाली जनताले पहिलोपल्ट टेलिफोन देख्न पाएको दिन


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सर्वसाधारण जनताले टेलिफोनको प्रयोग गर्न पाएको एक शताब्दी पूरा भइसकेको छ ।

सर्वप्रथम १९७० सालमा म्याग्नेटो प्रविधिबाट नेपालमा टेलिफोन सेवा शुरु भएको थियो । लगत्तै १९७१ मा काठमाडौं र रक्सौल (वीरगन्ज)बीच ओपन वायर लाइनको स्थापना भएर ट्रंक टेलिफोन सेवाको पनि शुरुवात भएको थियो ।

सर्वसाधारणले भने १९७४ जेठ १ गतेदेखि टेलिफोनको प्रयोग गर्न पाएका थिए । त्यसैले आज (जेठ १ गते)को दिनलाई नेपाली जनताले टेलिफोन सेवा प्रयोग गर्न पाएको दिनका रुपमा पनि लिइन्छ ।

१९९१ सालमा काठमाडौंमा टेलिफोन हेड अफिसको स्थापना भएपछि सार्वजनिक रुपमा टेलिफोनको प्रयोग विस्तार भएको थियो । खास गरेर १९९२ सालदेखि सार्वजनिक रुपमा टेलिफोन सेवा वितरण गर्न थालिएको हो ।

प्रारम्भमा काठमाडौं–रक्सौल (वीरगन्ज)बाट शुरु भएको ट्रंक टेलिफोन सेवा पछि अन्य ठाउँमा पनि विस्तार भयो । काठमाडांैदेखि थानकोट, चिसापानीगढी, भीमफेदी, हेटौंडा, अमलेखगन्ज हुँदै वीरगन्ज ट्रंक टेलिफोनको तार तानिएको थियो ।

१९९२ सालसम्म आइपुग्दा २५ लाइनको टेलिफोन एक्सचेन्ज शुरु भयो । १९९३ सालमा काठमाडौं–धनकुटा ट्रंक टेलिफोन लाइन शुरु भयो । पछि उक्त सेवा विराटनगरसम्म विस्तार भयो ।

त्यतिबेला खासगरी प्रशासनिक र व्यापारिक महत्वलाई ध्यान दिएर टेलिफोन सेवाको विस्तार भएको मानिन्छ । व्यापार र प्रशासनिक कामकाजका हिसावले बढी महत्व राख्ने क्षेत्रमा ट्रंक टेलिफोनको लाइन विस्तार हुन्थ्यो ।

१ शताब्दीको अवधिमा नेपालमा दूरसञ्चार (टेलिफोन सेवा)ले निकै फड्को मारिसकेको छ ।

अहिले सरकारी स्वामित्वको नेपाल टेलिकमसँगै निजी क्षेत्रका थप ५ कम्पनीले दूरसञ्चार सेवा प्रदान गरिरहेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १ : १६ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस