तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी, जबरजस्ती गरे शक्ति प्रदर्शन | Khabarhub Khabarhub

तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी, जबरजस्ती गरे शक्ति प्रदर्शन


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सरकारलाई तीनवटा विधेयक फिर्ता लिन चेतावनी दिएको छ ।

मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक र राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धि विधेयक तत्काल फिर्ता लिन सरकारलाई कांग्रेसले चेतावनी दिएको हो ।

मंगबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले यी तीनवटा विधेयकहरु संविधानका प्रस्तावना र प्रावधान विपरित रहेको र संविधानको प्रतिकुल हुने गरि विधेयक आएका कारण यसलाई तत्काल फिर्ता गर्न सरकारलाई दबाव दिने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले यी विधेयकले प्रेस स्वतन्त्रतालाई कुन्ठित गरेको, मानअधिकारलाई कमजोर बनाउने र राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई पनि निष्प्रयोजन गर्ने दाबी गरे ।

उनले राष्ट्रिय सुरक्षाका हिसावले पनि गम्भीर खालका र गम्भी प्रतिवन्ध ल्याउनेन खालको भएका कारण यी विधेयकलाई फिर्ता लिनुको विकल्प नभएको बताए ।

‘यदी सरकारले संयता पूर्वक विधेयक फिर्ता लिएर गयो भने स्थिति सहजीकरण हुने छ’ प्रमुख सचेतक खाँडले भने,‘ यदी जबरजस्ती सदमा प्रवेश गर्न खोज्यो भने सदन मा र सडकमा कांग्रेसले शक्ति प्रदर्शन गर्ने छ ।’

कांग्रेस सदैव मानवअधिकारको पक्षमा रहेको भन्दै प्रमुख सचेतक खाँडले स्तन्त्र पत्रकारिकता र लोकतन्त्र एउटै सिक्काको दुईवटा पाटा भएको बताए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : ०९ बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक