एट्लेटिको मड्रिड छाड्ने ग्रिजम्यानको घोषणा, बार्सिलोना जाने चर्चा | Khabarhub Khabarhub

एट्लेटिको मड्रिड छाड्ने ग्रिजम्यानको घोषणा, बार्सिलोना जाने चर्चा


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विश्व विजेता फ्रान्स तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोइनी ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् ।

उनले ट्वीटरमा भिडियो सार्वजनिक गर्दै क्लब छाड्ने घोषणा गरेका हुन् । भिडियोमा उनले यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने योजना समर्थकलाई सुनाएका हुन् ।

५ वर्षका लागि क्लबसँग सम्झौता गरेका उनले शनिबार राति लेभान्टेसँगको खेल नै आफ्नो क्लबका लागि अन्तिम खेल भएको बताए ।

बीबीसीले ग्रिजम्यानलाई १ सय २० मिलियन युरोमा बार्सिलोनाले किनेको उल्लेख गरेको छ । ‘यी पाँच वर्ष निकै राम्रो रह्यो । यसका लागि एट्लेटिको परिवारलाई धन्यवाद,’ उनले भने, ‘मलाई सधै माया गरीरहने मेरा समर्थकलाई म यो जानकारी गराउन चाहान्छु कि म यो सिजनबाट क्लब छाड्ने तयारी गरिरहेको छु । जुन नयाँ काम सँगसँगै अर्को चुनौतिको सामना पनि गर्दैछु ।’

२०१४ मा रियल सोसियाडबाट एट्लेटिको आएका ग्रिजम्यानले क्लबमा रहँदा खेलेका २ सय ५६ खेलमा १ सय३३ गोल गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ११ : ४८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द