२३ औ पटक सगरमाथा चढेर कामीरिताले बनाए नयाँ कीर्तिमान | Khabarhub Khabarhub

२३ औ पटक सगरमाथा चढेर कामीरिताले बनाए नयाँ कीर्तिमान


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हिमाल आरोही कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यो आरोहणसँगै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान पनि उनैले बनाएका छन् । कामीरिता आज (बुधबार) बिहान ७ बजेर ५० मिनेटमा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए ।

यसअघि पनि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्तिको सूचीमा उनकै नाम थियो । यो पटक आरोहणको संख्या बढाउँदै कीर्तिमानमा आफ्नै नाम थपेका हुन् ।

सोलुखुम्बुको थामे गाउँका उनले सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान राख्ने अठोटका साथ उनले त्यसपछि लगातार आफ्नो आरोहण क्रमलाई अघि बढाए । पछिल्लो समय आफ्नै नाममा रहेको कीर्तिमानलाई तोड्दै उनले नयाँ कीर्तिमान बताए ।

उनी केहि विदेशी आरोहीको हाई अल्टीच्युट गाइटका रुपमा सगरमाथा गएका थिए ।

नेपाली आरोही को-कतिपटक सगरमाथा चढे 

त्यस्तै ङिमा नुरु शेर्पाले २१ औं पटक सगरमाथा आरोहण गरेका छन् । आप्पा शेर्पा, फुर्वातासी शेर्पा पनि २१/२१ पटक सगरमाथाको आरोहण गरिसकेका छन् ।

आङदोर्जी शेर्पा, छेवाङ निमा शेर्पा, मिङ्मा शेर्पाले १९/१९ पटक सगरमाथाको आरोहण गरेका छन् भने लाक्पा रिता शेर्पाले १७ पटक तथा निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथाको आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : १७ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्