आजको मौसम : हल्कादेखि मध्यम वर्षा हुने | Khabarhub Khabarhub

आजको मौसम : हल्कादेखि मध्यम वर्षा हुने


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पश्चिमी वायुको सक्रियताका कारण आज (बुधबार) देशभरको मौसममा आंशिकदेखि सामान्यसम्म बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम बदलीसहितका देशका पूर्वी पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका धेरै जसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको पनि सम्भावना रहेको मौसमविद बरुण पौडेलले बताए ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पनि मौसमविद पौडेलले जानकारी दिए ।

राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि (बिहीबार) देशभरि नै सामान्यदेखि पूर्ण बदली रही देशको पूर्व र मध्यभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जेष्ठ ०१ गते (बुधबार):

दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडका भु-भागमा आंशिकदेखि सामान्य बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ ०२ गते (बिहिबार):

दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा आंशिक बदलि रहनेछ । देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ । देशका पुर्वि भु-भागका थोरै स्थानमा मध्य र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : ४५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न