जति प्रयास गर्दा पनि समयमै निद्रा लाग्दैन, अब यस्तो गर्नुस् | Khabarhub Khabarhub

जति प्रयास गर्दा पनि समयमै निद्रा लाग्दैन, अब यस्तो गर्नुस्


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समयमा निद्रा नलाग्ने समस्या नेपालीहरुमा सामान्य बन्दै गएको छ । पढ्दै गरेका बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाहरुमा समेत निद्रा नलाग्ने समस्याले निकै सताउँछ ।

विशेषगरी परीक्षाको तयारी गर्दै गर्दा विद्यार्थीहरु रातको समयमा पनि निदाउन सक्दैनन् । सुत्ने समयमा जिन्दगीका विभिन्न घटनाहरु सम्झँदा मनमा चिन्ता तथा डर उत्पन्न हुन्छ जसकारण मानिसहरु समयमा निदाउँन सक्दैनन् ।

दैनिक जीवन स्वस्थ भएन भने मानिसहरु रातको समयमा आरामसँग निदाउन सक्दैनन् । तर सधैँ निद्राको समस्या हुन्छ भने त्यसलाई समान्य सोच्नु हुँदैन । मानसिक रोग विशेषज्ञ डा.रितेश थापाका अनुसार मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा निद्राको समस्या बढी हुने गर्छ ।

‘निद्रा नलाग्ने समस्याका कारणहरु धेरै हुन्छन् । निद्रा नलाग्दैमा त्यसलाई रोग नै हो भन्न मिल्दैन, डा थापा भन्छन्, ‘तर डिप्रेसन, एन्जाइटी लगायतका मानसिक स्वास्थ्य समस्या हुने व्यक्तिलाई अनिद्राको समस्या बढी हुन्छ ।’

तर सुत्ने समयमा धेरै तनाव लिने मानिसले आफूलाई समयमै परिवर्तन गर्न नसकेका निद्रा सम्बन्धी समस्या बढ्दै जान्छ ।

निद्रा सम्बन्धी समस्याहरु यी हुन्

–निद्रामा उठेर हिड्ने,

–निद्रामा बोल्ने,

–निद्रामा हातखुट्टा चलाउने,

–रातभरी छटपटी हुने

–निद्रा नलाग्ने ।

शरीरलाई स्वस्थ्य राख्नका लागि आरामको जरुरत पर्छ । शरीरले आराम पाउँन २४ घण्टामा ८ घण्टा सुत्नु आवश्यक मानिन्छ । रातको समयमा राम्रोसँग निदाउन सकिएन भने अनिद्राको कारण तपाईको भोलिको दिन पनि प्रभावित हुन्छ ।

राति राम्रोसँग ननिदाउँदा यस्ता समस्या हुन्छन् 

–झुम्म हुने,

–टाउको भारी हुने,

–चिडचिडापन बढ्ने,

–आलस्य बढ्ने

–सक्रिय भएर काम गर्न नसक्ने

रातको समयमा राम्रोसँग निदाउँन नसक्दा भोलिपल्ट यस्ता समस्या भोग्नेहरु पनि धेरै हुनुहुन्छ होला । निद्रा नलाग्ने समस्याका कारण मानिसहरु अल्कोहल सेवानमा फस्ने समेत गर्छन् । कतिपयले निद्रा नलाग्दा औषधि पसलमा गएर निद्राको औषधि समेत खाने गर्छने । तर स्वास्थ्य परीक्षण नगरी निदाउने औषधि प्रयोग गर्नु गलत भएको डा थापा बताउँछन् ।

उनी भन्छन्, ‘रोग पत्ता नलागी निद्रा लाग्ने औषधि खाँदा स्वास्थ्यमा झनै असर पर्न सक्छ । त्यसैले कुनैपनि समस्या हुँदा फार्मोसीको औषधि खाइहाल्नु भन्दा पनि विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।’

अनिद्राको समस्याबाट यसरी बच्नुस्

–दैनिक सुत्ने र उठ्ने समयको तालिका बनाउने

–नियमित एउटै समयमा सुत्ने र उठ्ने बानी गर्ने

–दिउँसो नसुत्ने

–निद्राको समस्या भएकाले बेलुकाको समयमा अल्कोहल, कफि नपिउने

–सुत्ने समयमा दिमागलाई असर पर्ने कुरा गर्नुहुँदैन

–निद्रा लागेपछि मात्रै बेडमा जाने बानी गर्ने

–सम्भव भएमा सुत्नुभन्दा आधिघण्टा अगाडी तातोपानीले नुहाउने

–बेडमा बसेर मोवाइल, ल्यापटप नचलाउने

–सुत्ने कोठामा डिम लाइट प्रयोग गर्ने

–नियमति योगा तथा शारीरिक व्यायाम गर्ने

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०