नयाँ वर्षलाई शेयर बजारको ग्रीन सिग्नल, ४.७ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

नयाँ वर्षलाई शेयर बजारको ग्रीन सिग्नल, ४.७ अंकले बढ्यो नेप्से


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको पहिलो दिन सोमबार धितोपत्र बजार ४.७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.७ अंकले बढेर १८८.७१ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सन्सेटिभ परिसूचक १.१३ अंकले बढेर २५४.७७ विन्दुमा पुगेको छ । सोमबार कूल १६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता शेयर रु ३० करोड ४५ लाख ७६ हजार ७८२ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोबार भएका कूल १० उपसमूहमध्ये  चार उपसमूहको शेयर घटेको छ भने छ उपसमूहको शेयर  बढेको छ । जलविद्युत् ५.३२, वित्त २.०१, अन्य ५.२८ र जीवन बीमा ११.२५ विन्दुले घटेको छ । यस्तै बैंकिङ ५.८९, होटल २२.४९, विकास बैंक ४.१३, निर्जीवन बीमा ६.९५, उत्पादन १०.३५, लघुवित्त ४२.४४ विन्दुले बढेको छ ।

सोमबार नेको इस्योरेन्स कम्पनीको कारोवार आज सबैभन्दा बढी भएको छ । सो कम्पनीको २ करोड ७५ लाख ५० हजार २०१, कुमारी बैंक १ करोड ९७ लाख ३८ हजार १८०, एनआइसी एशिया बैंक १ करोड ८३ लाख ४८ हजार ४६८, एभरेष्ट इन्स्योरेन्स कम्पनी १ करोड ६८ लाख ८५ हजार ९७७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

सोमबार इभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७.५६ प्रतिशत आम्दानी गरेका छन् । साना किसान विकास बैंकका ६.४५, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका ६.२४, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका ६.०४, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाएका छन् ।

यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.८९, नाडेप लघुवित्त वित्तीय संस्था ४.४४, विजय लघुवित्त वित्तीय संस्था ४.२१, खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले ३.८४ गुमाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : ४७ बजे

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।