मार्क जुकरवर्गले फेसबुकबाट लिने सुरक्षा खर्च कति ? | Khabarhub Khabarhub

मार्क जुकरवर्गले फेसबुकबाट लिने सुरक्षा खर्च कति ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्नियाः फेसबुकले आफ्ना मुख्य कार्यकारी अधिकृत मार्क जुकरवर्गको सुरक्षा खर्च दोब्बर बनाएको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा जुकरवर्गले पाउने सुरक्षा खर्च दोब्बर बनाइएको हो। फेसबुकले जुकरवर्गको सुरक्षा खर्चमा मात्र २ करोड २६ लाख अमेरिकी डलर खर्च गरेको बताएको छ ।

जुकरवर्गले विगत ३ वर्षदेखि एक रुपैयाँ अमेरिकी डलर न्यूततम तलब लिँदै आएका छन् । तर पनि कम्पनीले उनलाई विभिन्न विषयमा गरी २ करोड भन्दा बढी खर्च गर्दै आएको छ ।

सन् २०१७ मा फेसबुकले उनी र उनको परिवारलाई ९० लाख खर्च गरेको थियो भने सन् २०१८ मा २ करोड खर्च गरेको छ । यसैगरी जुकरवर्गले निजी विमान प्रयोग खर्च स्वरुप २६ लाख अमेरिकी डलर पाएका छन् । कम्पनीले यो सबै उनको सुरक्षा खर्चको एक हिस्सा भएको बताएको छ ।

यसैगरी फेसबुककी प्रमुख सञ्चालन अधिकृत सिर्यलिन स्याण्डवर्गले सन् २०१८ मा २ करोड ३७ लाख अमेरिकी डलर तलब बुझेकी थिइन् भने सन् २०१७ मा २ करोड ५२ लाख रुपैयाँ तलब पाएकी थिइन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  २ : ०२ बजे

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको