आईसीसी-१९ विश्वकप एसिया छनोट–नेपालले मलेसियालाई ८ विकेटले हरायो | Khabarhub Khabarhub

आईसीसी-१९ विश्वकप एसिया छनोट–नेपालले मलेसियालाई ८ विकेटले हरायो


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ । आईसीसी-१९ विश्वकप एसिया छनोटको आज (सोमबार) को खेलमा नेपाली टोलीले आयोजक मलेसियाले दिएको लक्ष्य १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै पुरा गरेको हो ।

नेपालको जीतमा ओपनिङ ब्याट्सम्यान रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । उनले ४५ बलको सामना गरेर ५ चौका प्रहार गरे ।
यस्तै, आसिफ शेखले २६, पवन शरार्फले १९ र कप्तान रोहित कूमार पौडेलले ६ रन मात्रै बनाए । नेपालविरुद्ध मलेसियाका अफिक सायकिर र सुक्रि मदेलीले समान एक-एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाविरुद्ध नेपाली बलर हावी हुँदा मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएको थियो । मलेसियाविरुद्ध नेपालका पवन शरार्फ र कुसल मल्लले उत्कृष्ट बलिङ गर्दै तीन-तीन विकेट लिएका थिए ।

मलेसिायका लागि ९५ रन बनाउने क्रममा इज्जत डेनियल फिक्रिले ३७ रन बनाएका थिए । जीतसँगै अंकतालिकामा ४ अंक भएको छ । शीर्ष स्थानको युएईको ६ अंक रहँदा ४ अंकसहित नेपाल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०