सवारी दुर्घटनाको कहर– चितवनमा मात्रै १५५ जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनाको कहर– चितवनमा मात्रै १५५ जनाको मृत्यु


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गत वर्ष (२०७५ साल)मा चितवनका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाका कारण १ सय ५५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २ सय ३५ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३ सय ६ वटा दुर्घटना भएका थिए ।

अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २ सय ८९ दुर्घटनामा १ सय ३० को मृत्यु भएको थियो भने २ सय २३ गम्भीर घाइते भएका थिए ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताए ।

चोक चोकमा प्रहरी जनशक्ति परिचालन गर्न नसक्नु र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाइ छ ।

प्रहरीले सवारी चालक अनुशिक्षण, नियम पालना नगर्नेलाई जरिवाना, विद्यार्थीलाई ट्राफिक जनचेतना शिक्षा, ट्याम्पो चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, सडकमा गरिने पार्किङ व्यवस्थित गर्ने काम गरिरहेको उनले बतााए ।

देशकै मध्यभागमा पर्ने यस जिल्लामा पूर्वपश्चिम राजमार्गसँगै पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा सवारीको निकै चाप हुने गर्दछ ।

ग्रामीण क्षेत्रमा पक्की सडक बनेसँगै युवा तन्नेरीले मोटरसाइकल र गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०