इंग्लिस प्रिमियर लिग : चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -इंग्लिस प्रिमिर लिगमा चेल्सीविरुद्धको महत्वपूर्ण खेल जित्दै लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ३ अंकको दुरी लम्ब्याएको छ । लिभरपुलले आइतबार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले खेलको दोस्रो हाफको शुरुवातमा लय गुमाउँदा लिभरपुलका सदियो माने र मोहम्मद सलाहले गोल गरे । खेलको ५१ औं मिनेटमा महत्वपूर्ण गोल गर्दै मानेले लिभरपुललाई खेलमा फर्काएका थिए । १-० पछि परेको चेल्सीले पुनरागमन गर्न नपाउँदै सलाहले खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई चेल्सीविरुद्ध सहज अवस्थामा पुर्‍याएका थिए । सलाहको गोल नै चेल्सीविरुद्धको जीतमा महत्वपूर्ण रह्यो ।

‘उनी पछिल्ला केही खेलमा आक्रमक रुपमा मैदानमा प्रस्तुत भइरहेका छन,’ चेल्सीविरुद्ध गोल गरेका सलाहबारे बोल्दै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने ।

यस्तै, पराजित टोलीका महत्वपूर्ण खेलाडी इडन हर्जाडले भने, ‘हामीले विश्वका नामी खेलाडीसँग राम्रो खेल्यौं । तर, पनि खेल उनीहरुको पक्षमा गयो । चेल्सी राम्रो टिम हो । त्यसैले हामीले पराजय भोगेपनि उनीहरुलाई दबाबमा राख्न सफल भयौं ।’

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०