पछिल्लो अपडेटः न्यूजिल्याण्ड मस्जिद आक्रमण | Khabarhub Khabarhub

पछिल्लो अपडेटः न्यूजिल्याण्ड मस्जिद आक्रमण


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्ड– न्यूजिल्याण्डमा शुक्रबारको नियमित प्रार्थानासभामा उपस्थित मुसलमानहरुलाई लक्षित गर्दै बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४९ जनाको ज्यान गयो । आक्रमणमा ४८ जनाभन्दा धेरै घाइते भए । सन् १९४३ पछि न्यूजिल्याण्डमा भएको सबैभन्दा घातक आक्रमणम हो ।

न्यूजिल्याण्डको दक्षिणी टापुस्थित क्रिष्टचर्च शहरका दुई मस्जिदमा आक्रमण भएको हो । शुक्रबार नियमित प्रार्थाना गर्ने समय दिउँसो १ बजेर ४० मिनेटमा बन्दुकधारीले अल नूर मस्जिदमा प्रवेश गरी प्रार्थाना गर्न भेला भएका मुसलमानलाई लक्षित गरी जथाभावी गोली चलाउन थालेका थिए । त्यसपछि उनी नजिकै रहेको लिनउड मस्जिद पुगी त्यहाँ पनि आक्रमण गरेका थिए ।

आक्रमणका क्रममा अल नूर मस्जिदमा ४१ जना तथा लिनउड मस्जिदमा ८ जनाको ज्यान गएको थियो । न्यूजिल्याण्डमा मुसलमानहरु धार्मिक अल्पसङ्ख्यकको रुपमा रहेका छन् । न्यूजिल्याण्डको ५० लाख जनसङ्ख्यामध्ये १ प्रतिशत ५० हजार मानिसहरु मुसलमान धर्मावलम्बी रहेको बताइएको छ ।

आक्रमणको बन्दुकधारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रत्यक्ष प्रशारण समेत गरेका थिए । त्यसअघि बन्दुकधारीले सामाजिक सञ्जाल ट्विटरमार्फत् घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणापत्रमा बन्दुकधारीले आफू नर्वेमा सन् २०११ मा भएको यस्तै घटनामा संलग्न आन्द्रज ब्रेभिकबाट प्रभावित भएको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले मुसलमानलाई अतिक्रमणकारीको संज्ञा दिँदै उनीहरुले गोराहरुको नरसंहार गरिरहेको भन्दै उनले गोराजातिको नरसंहारलाई रोक्नका लागि आफूले यस्तो आक्रमण गर्नुपरेको दलिल दिएका छन् ।

आक्रमणलगत्तै प्रहरीले एक महिलासहित ४ जनालाई गिरफ्तार गरेको थियो । पक्राउ पर्नेमा बन्दुकधारी समेत रहेको बताइएको छ । यो घटनालाई उग्रवादी दक्षिणपन्थीले गराएको आतंकवादी आक्रमणको संज्ञा दिइएको छ । बन्दुकधारीमध्ये कम्तीमा एक जना अष्ट्रेलियन नागरिक २८ वर्षे ब्रेन्टन टर्राण्ट रहेको जनाइएको छ । उनलाई प्रहरीले पक्राउ गरी कानूनी कारवाही अघि बढाएको जनाइएको छ ।

बन्दुकधारी लामो समयदेखि उग्रदक्षिणपन्थी गतिविधिमा संलग्न रहेको भएपनि उनी प्रहरीको निगरानीमा भने नरहेको बताइएको छ । किवी प्रधानमन्त्री जासिण्डा आर्डनले घटनालाई न्यूजिल्याण्डका लागि अप्रत्याशित कालो दिनको संज्ञा दिएकी छिन् । प्रधानमन्त्री आर्डनले यस घटनापछि आफू न्यूजिल्याण्डमा रहेका आप्रवासी तथा शरणार्थीहरुको पक्षमा रहेको प्रतिक्रिया दिएकी छिन् ।

यता अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले यस घटनाबाट आफू निकै दुःखित भएको प्रतिक्रिया दिँदै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रिय शोकको घोषणा गर्दै प्रधानमन्त्री मोरिसनले तीन दिन राष्ट्रिय झण्डा झुकाउने समेत घोषणा गरेका छन् ।

त्यसबाहेक विश्वका नेताहरुले समेत आक्रमणको निन्दा गरेका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती महारानी एलिजावेथ द्वितीय, बेलायती प्रधानमन्त्री टेरिजा मे, जापानी प्रधानमन्त्री शिन्जो आबे, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगान, स्कटल्याडकी प्रथममन्त्री निकोला स्टरजन, एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकारी टिम कुकलगायतले आक्रमणको निन्दा गरेका हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १० : २९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द