हिन्दु राष्ट्रको माग सम्बोधन नभए मुलुकमा ‘महाभारत युद्ध’: कमल थापा | Khabarhub Khabarhub

हिन्दु राष्ट्रको माग सम्बोधन नभए मुलुकमा ‘महाभारत युद्ध’: कमल थापा


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा ‘महाभारत युद्ध’ शुरु हुने चेतावनी दिएका छन् ।

शुक्रबार पार्टीको १५ दिने ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को काठमाडौंमा समापन गर्दै अध्यक्ष थापाले पाँच पाण्डवको माग पूरा नगर्दा महाभारत युद्ध शुरु भएजस्तै आफ्नो पार्टीको माग सरकारले तत्काल पूरा नगरे मुलुकमा अर्को युद्ध शुरु हुने चेतावनी दिएका हुन् ।

उनले सबै धर्मको सम्मान हुनेगरी ९५ प्रतिशत जनताको आस्थाको धरोहर रहेको हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुको विकल्प नरहेको तर्क गरे । उनले केन्द्र र स्थानीय सरकार बलियो बनाउने तर प्रदेश सरकार नहुने गरी संघीयता कायम राख्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : ३० बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती