अपडेट : न्यूजिल्याण्ड गोलीकाण्डमा मारिनेको सङ्ख्या ४० पुग्यो | Khabarhub Khabarhub

अपडेट : न्यूजिल्याण्ड गोलीकाण्डमा मारिनेको सङ्ख्या ४० पुग्यो


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्डको क्रिस्ट चर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आज (शुक्रबार)को प्रार्थना गर्न भेला भएका मानिसको भीडमा गोली चलाउँदा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डेनले क्रिस्टचर्चका दुई मस्जिदमा भएका आक्रमणमा ४० जनाको ज्यान गएको पुष्टि गरेकी हुन् ।

प्रधानमन्त्रीले आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्नुअघि न्युजिल्याण्डका सञ्चारमाध्यमले आक्रमणमा ९ जना देखि ३० जनासम्मको ज्यान गएको हुनसक्ने आशंका गरेका थिए ।

आतंकवादी आक्रमणको संज्ञा दिइएको घटनामा अरु २० जना गम्भीर घाइते भएको प्रधानमन्त्री अर्डेर्नले जनाएकी छिन् । आक्रमणकारीले अर्धस्वचालीत बन्दुकबाट क्रिस्ट चर्च शहरको अल नूर मस्जिद तथा शहरकै अर्को लिनउड मस्जिदमा आक्रमण गरेका थिए ।

आक्रमणमा अल नूर मस्जिदमा ३० जनाको तथा लिनउड मस्जिदमा थप १० जनाको मृत्यु भएको बताइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा बन्दुकधारीले मस्जिदभित्र पसेर जथाभावी गोली चलाउन शुरु गरेको बताइएको छ ।

आक्रमण भएको अल नूर मस्जिदमा न्यूजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु प्रार्थना गर्न आउने कार्यक्रम थियो । बंगलादेशी क्रिकेट खेलाडी चढेको गाडी मस्जिद बाहिर पार्किङ गर्न लाग्दा भित्र गोली चल्न सुरु भएको थियो ।

लगत्तै खेलाडीहरुलाई प्रहरीले सुरक्षित स्थान तर्फ लगेको र यो घटनापछि न्यूजिल्याण्ड र बंगलादेशबीचको तेस्रो टेस्ट स्थगित गरिएको छ ।

प्रहरीले घटनालगत्तै एक महिलासहित ४ संदिग्धलाई नियन्त्रणमा लिएको छ । घटनामा कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप आक्रमण हुनसक्ने आशंकामा मुलुकभरका मस्जिद बन्द गर्न आह्वान गरेको छ । त्यस्तै प्रहरीले मानिसहरुलाई सुरक्षा र सावधानी अपनाउन समेत आह्वान गरेको छ ।

अष्टे«लियन प्रधानमन्त्री स्कट मोरिसनले आक्रमणमा संलग्न बन्दुकधारी अष्टे«लियन मूलको रहेको जनाएका छन् । बन्दुकधारी बताइने मानिसले आक्रमण गर्नुपूर्व ट्विटरबाट ८७ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका थिए । घोषणापत्रमा उनले मुसलमानहरुलाई अतिक्रमण गर्न आएका मानिसको संज्ञा दिँदै आफूले गरेको कामको औचित्य सिद्ध गर्ने कोशिश गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १ : ४४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०