न्यूजिल्याण्ड चर्च गोलीकाण्ड– २८ वर्षीय अस्ट्रेलियन नागरिकको संलग्नता | Khabarhub Khabarhub

न्यूजिल्याण्ड चर्च गोलीकाण्ड– २८ वर्षीय अस्ट्रेलियन नागरिकको संलग्नता


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डको अल नूर मस्जिदमा रंगभेदी २८ वर्षीय एक अष्ट्रेलियन नागरिकले गोली चलाउदा कम्तिमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यम डेलिमेलले उल्लेख गरेको छ ।

उनले कम्तिमा ५० गोली चलाएको आवाज सुनिएको उल्लेख गरिएको छ । गोली अर्धस्वचालित सर्ट बन्दुकबाट चलाइएको जनाइएको छ ।

ट्वीटरमा ब्रेन्टन टारन्ट भनेर चिनाए न्यू साउथ वेल्स्का बासिन्दा उनले घटना घटाइएको दाबी गरिएको छ । घटना स्थानीय समय अनुसार शुक्रवार दिउँसो १ बजेर ३० मा चर्चामा मानिसहरुले प्रार्थना गरिरहेको बेलामा भएको घटेको थियो ।

डेलिमेल अस्टेलियाले प्राप्त गरेको भिडियोमा दर्जनो गोली प्रहार भएको र मानिस भाग्न खोजिरहेको देखिएको जनाएको छ ।

संदिग्ध व्यक्तिले गोली चलाउनुपूर्व ८७ पेज लामो घोषणापत्र ट्वीटरबाट सार्वजनिक गरेका थिए । यसले भविष्यमा थप आतंकवादी हमलाको संकेत गरेको डेलिमेलले जनाएको छ ।

यससँगै लिनउड मस्जिद, किस्टयनचर्च हस्पिटल र अन्य स्थलमा पनि आक्रमणहरु भएको जनाइएको छ ।

न्यूजील्याण्ड प्रहरीले मानिसहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

अल नूर मस्जिद क्राइस्ट चर्च डीन एवेन्यूमा हेगली पार्कको नजिक रहेको छ । प्रत्यक्षदर्शीहरुले अझै मस्जिद भित्र केही शव रहेको बताएपनि प्रहरीले भने यसको पुस्टि गरेको छैन ।

लगभग २० मिनेट चलेको गोलाबारीमा कम्तिमा ६० जना घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हमलावरले पहिला पुरुष प्रार्थना घरलाई निशाना बनाएका थिए र त्यसपछि महिलाको कोठामा प्रवेश गरेका थिए ।

न्यूजिल्याण्डका प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई हिरासतमा लिइएको छ । जसमध्ये तीन जना पुरुष र एक जना महिला रहेका छन् ।

प्रहरी अधिकारी माइक बुशका अनुसार कयौं परिचयपत्र बरामद गरिएको छ । यो एक सुनियोजिक हमला भएको र हमलाकारीले ठूलोमात्रामा हतियारको प्रयोग गरेको प्रहरी अनुमान रहेको छ ।

प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार गोलाबारीपछि मानिसहरु ज्यान बचाउनका लागि भागेका थिए । उनीहरुका अनुसार अल नूर मस्जिदमा रगतमा लतपतिएका कयौं मानिस जमिनमा लडेका थिए ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा आर्डनले देशको नाममा सन्देश जारी गर्दै हमलाको भत्सर्ना गरेका छन् । उनले आजको दिन न्यूजीलायाण्डको कालो दिन भएको बताएका छन् ।

घटना लगत्तै सबै स्कूल तथा अस्पताललाई बन्द गरिएको छ ।

अझै केही मानिस मस्जिद भित्र बन्द रहेको जनाइएको छ ।

बीबीसीका अनुसार गोलाबारीमा बांगालादेशको क्रिकेट टिमका खेलाडी सुरक्षित बच्न सफल भएका छन् ।

तस्वीर– रोयटर्स

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १२ : ०८ बजे

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ