बीमा कम्पनीले कृषि, पर्यटन र जलस्रोतमा २० प्रतिशत लागनी गर्न पाउने | Khabarhub Khabarhub

बीमा कम्पनीले कृषि, पर्यटन र जलस्रोतमा २० प्रतिशत लागनी गर्न पाउने


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय बीमा समितिले बिमकको लगानी सम्बन्धी निदेशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन र अन्य क्षेत्रमा पनि लगानी गर्न पाउने नयाँ व्यवस्था ल्याएको छ । नयाँ व्यवस्थाअनुसार व्यवसाय, जलस्रोत, कृषि, पर्यटनमा बीमा कम्पनीले २० प्रतिशत लागनी गर्न पाउने भएका छन् । उक्त निर्देशिकमा सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको हो ।

नयाँ निर्देशिकाले बीमा कम्पनीको ‘कुल टेक्निकल रिजर्भ’को ५ प्रतिशतसम्म घरजग्गासँगै व्यवसायमा लगानी गर्ने व्यवस्था पनि गरिएको छ । पछिल्लो समय बीमा कम्पनीले सरकारललाई कानुन नै बनाएर लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने माग गर्दै आएका थिए । बुधबार समितिले लगानी निर्देशिका नै जारी गरेपछि लगानीका बाटो खुलेको हो ।

हालै जारी गरिएको निर्देशिकमा समितिले जीवन, निर्जीवन तथा पुन: बीमाकम्पनीहरूले लगानी गर्ने क्षेत्रहरू तोकेको बीमा समितिमा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।

उनले भने-‘बीमा समितिले कम्पनीहरूले लगानी गर्ने पाउने बाटो खुलाई दिएको छ । यसरी लागनी गर्न कम्पनीले अनिवार्य रूपमा बीमा समितिदेखि अनुमति लिनुपर्ने पर्छ । घरजग्गा लगानी गर्ने कम्पनीले कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक र घरजग्गाको बाहेक अन्य क्षेत्रमा गरेको लगानीलाई प्रत्येक दिन मूल्यांकन बुझाउनुपर्छ । ‘

यस्तै बीमा कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । लगानी निदेशिका अनुसार वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म लगानी सक्ने व्यवस्था गरिएको छ । बीमा कम्पनीहरूले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल सरकारबाट मान्यताप्राप्त बचतपत्र वा ऋणपत्रमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने पाँउछन् । पब्लिक कम्पनीको आइपिओ १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था पनि गरिएको समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीहरूले पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । समितिले जारी गरेको लगानी निर्देशिकाअनुसार सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न भने पाइने छैन । साथै यस्तो लगानी गरिने कम्पनी पब्लिक कम्पनी हुनुपर्नेछ । कम्पनीहरूले लगानी गर्नुपूर्व समितिसँग स्वीकृति लिनुपर्नेछ

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १० : २६ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं